काठमाडौं– एमाले नेता तथा भक्तपुर २ का सांसद महेश बस्नेतले संघीयताबिनाको लोकतन्त्र र लोकतन्त्रबिनाको संघीयताको कुनै अर्थ नभएको बताएका छन्।
भक्तपुरमा सोमबार आयोजित कार्यक्रममा नेता बस्नेतले लोकतन्त्र भनेको जनताले आफ्नो सार्वभौमसत्ता आफैंले प्रयोग गर्न पाउने व्यवस्था भएको बताए।
उनले भने, ‘लोकतन्त्रमा हरेक जातजाति, वर्ग र समुदायको समेत समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ।’
संघीयता कार्यान्वयनको सवालमा केही आशंका देखिए पनि यसलाई संस्थागत रुपमा कार्यान्वयन गर्न सक्षम भएको बताउँदै उनले भने, ‘हिजोका ४ हजारभन्दा बढी संख्यामा रहेका गाविस तथा नगरपालिकालाई गाभेर ७ सय ५३ वटा स्थानीय तह बनाइएकाले खर्च कटौती भएको छ।’
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले विश्वमा हाल २५ वटा मुलुकमा संघीयता कार्यान्वयनमा आएकोमा कतिपय असफल समेत भएकाले सजग हुनुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।