बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध मिनी नेपालको रुपमा विकास गर्ने बताएका छन्।
६८औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश ५ सरकारले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अबको राजनीतिक उद्देश्य विकास र समृद्धि नै भएको उल्लेख गरे।
उनले पछौटेपन, भोकमरी, गरिबी अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै समस्या र चुनौती देखाएर पछि नहट्ने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई पर्यटन, कृषि, उद्योगका संभावनाहरुलाई आधार मानेर दीर्घकालीन र अल्पकालीन नीति बनाएर सम्बोधन गर्ने बताए।
प्रदेश सरकारले संविधान कार्यान्वयनमा मद्दत गर्दै जनताका मौलिक अधिकारहरु उपयोग गर्नसक्ने गरी पारदर्शी हिसाबले काम गर्ने पोखरेलले बताए।
प्रदेश सरकारको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा बुटवलमा प्रभातफेरी समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।