काठमाडौं– आइतबार र सोमबार उपत्यकामा तीन वटा ठूला चोरी भएका छन्।
बुढानीलकण्ठ नगरपालिका–१२ खरिबोटस्थित शान्ता खड्काको घरमा करिब ७ लाख रुपैयाँ बराबरको चोरी भएको छ। घरको माथिल्लो तलाको कोठाको ढोकाको ताला फुटाएर सुनका विभिन्न गरगहना र ३ लाख नगद गरी करीव ७ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको हो।
उता भक्तपुरमा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ। चाँगुनारायण नगरपालिका–८ कलामसी ब्रम्हायणी मन्दिर बस्ने टीकाकुमारी दुलालको कच्ची घरमा आइतबार कोही नभएको अबस्थामा मुल ढोकाको ताला फुटाई नगद ७ लाख र सुनका विभिन्न गरगहना गरी करिब ९ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
भक्तपुरकै सूर्यविनायक नगरपालिका–४ दधिकोट सिकारीटारस्थित कमला खतिवडाको घरमा बस्ने तीन जनाको डेराबाट चोरी भएको छ।
घरको भुइँतलाको मूलढोका खुला रहेको अवस्थामा सुनका विभिन्न गरगहना गरी करिब ८७ हजार रुपैयाँ, सोही ठाउँस्थित चम्पा खतिवडाको घरबाट नगद १९ हजार तथा सुनका विभिन्न गरगहना गरी करिब १ लाख ६ हजार रुपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने ओखलढुङगाका चेवन कोइरालाको कोठाबाट नगद १ लाख तथा सुनचाँदीका गरगहना गरी करिब ४ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको हो।
केही समययता राजधानीमा चोरीका घटना बढ्दै गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।