काठमाडौं– कमलादीस्थित गणेश मन्दिर अगाडि रहेको नेपाल एसबिआई बैंकको एटिएमबाट चोरी गर्न खोज्ने दुई युवक पक्राउ परेका छन्। सप्तरी हर्दिया–२ बस्ने २२ वर्षीय रिकेश चौधरी र सोही ठाउँका २० वर्षीय राजकुमार चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
एटिएम बुथ नै फुटाएर उनीहरुले पैसा निकाल्ने प्रयास गरेका थिए। रडसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।