काठमाडौं- भारत प्रशासित जम्मू-काश्मीरमा दुई सैनिक र एक नागरिक मारिएका छन्।
भारतीय सञ्चार माध्यमहरुको दावीअनुसार पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गर्दा यस्तो घटना हुन पुगेको हो। समाचारमा बताइएअनुसार भारत-पाकिस्तान दुवै पक्षबीच गोली हानाहान हुँदा उक्त घटना भएको हो।
भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा भएको घटनामा ३ जना नागरिक घाइते भएका र २ वटा घरमा समेत क्षति पुगेको बताइएको छ।
गत मंगलबार पनि पुन्च जिल्लामा एक २७ वर्षीया महिलाको मृत्यु भएको थियो।
गत अगष्टमा भारतले संविधानको धारा ३७० खोरज गर्दै जम्मू-काश्मीरको विशेष स्वायत्त खोसिएपछि त्यहाँको शान्तिको माहोल बिग्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।