काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निर्विरोध चयन भएका छन्।
संसदीय दलको सोमबार बसेको बैठकले कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो। दुई आकांक्षी प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला चयन भएका हुन्। उनी सुनसरी २ ख बाट प्रदेशसभामा विजयी भएका थिए।
२१ सांसद रहेको कांग्रेस प्रमुख विपक्षी दल हो। दलको नेतासँगै कोइराला विपक्षी दलको नेता बनेका छन्। विपक्षी दलको नेतालाई पनि प्रदेश सांसदमा सुविधा उपलब्ध हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।