काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले आगामी फागुन २१ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन्। सो दिन दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर भवनमा अधिवेशन सुरु हुनेछ। संविधानको धारा ९३ उपधारा १ बमोजिम अधिवेशन बोलाइएको हो।
प्रतिनिधिसभा निर्वाचन सकिएको ३ महिनापछि संसदको पहिलो अधिवेशन सुरु हुनेछ। संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।