जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताएका छन्। ६८औं प्रजातन्त्र दिवसको अवसरमा आज जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो क्षेत्रको विकास निर्माण, उद्योग र कृषिमा आधारित विकासको आवश्यकता रहेको बताए।
सामाजिक संरचनामा रहेका विभेदहरुलाई समाधान गर्नुका साथै महिला हिंसालाई अन्त्य पार्नु आफ्नो जिम्मेवारी रहेको बताउँदै उनले २ नम्बर प्रदेशको समस्याको दीर्घकालीन समाधानका लागि सबैको साथ रहने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।