बग्दाद=- इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट हुँदा कम्तीमा ६ व्यक्ति घाइते भएका छन्। विस्फोटमा संलग्न अपराधी समुहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ।
पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो। विस्फोटकाट घटनास्थल नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको जानकारीअनुसार अपराधीक कार्यमा लागेको एक समुह लुकेर बसेको स्थानमा कारबाही गरेको छ।
सो कारबाहीको क्रममा आतंकवादी समुहका कमाण्डरसहित अन्य केहि लडाकु पक्राउ परेका छन्। पक्राउ परेका ती कमाण्डरको अपहरण, हत्या, बलात्कारलगायतका ३८ वटा काण्डमा सहभागीता रहेको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।