अमेरिका– इरानमा आइतबार भएको विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन्।
इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो। एसम्यान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो।
महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ। साथै शोकमग्न परिवारप्रति समवेदना पनि व्यक्त गरिएको छ।
जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो। घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि करिब ५ सय किलोमिटर टाढा पर्दछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।