भीमदत्तनगर- कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएकाहरुको २१ वटा घर आइतबार राति जंगली हात्तीले भत्काएको छ।
राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। हात्तीले घरमा क्षति पुर्यावएपछि सोमबार बिहान शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ।
हात्तीले घर भत्काएपछि पीडितहरु खुला ठाउँमा बसिरहेका छन्। शुक्लाफाँटा नगरपालिकाका प्रमुख ऐरले पीडितलाई तत्काल राहत स्वरुप प्रतिपरिवार २ हजार प्रदान गर्ने जानकारी दिए। उनले यसअघि पनि नरगरपालिका क्षेत्रका हात्तीपीडितलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।