काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको मुहारमा खुसीयाली ल्याउने महाअभियान सुरु हुने उद्घोष गरेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको चाहना अनुसार युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रम ल्याउने बताए।
जनताले लामो सयमदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको उल्लेख गर्दै ओलीले न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासका लक्ष्य हासिल गर्ने अवसरको आरम्भ भएको बताए।
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको युगसँगै मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र समाजिक न्यायको युगको यात्रा सुरु गर्न सबै राजनीतिकदल र आम नेपालीमा अपिल गरेका छन्। आम नेपालीले साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले समयमै स्रोत र साधानलाई परिचालन गरेर नेपाल र नेपालीको बृहत्तर हित र समृद्धिका लागि जुट्न सबैलाई आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।