काठमाडौं– रुपन्देहीको ओमसतिया गाउँपालिका–५ बस्ने ४२ वर्षीय महेन्द्र प्रसाद कुर्मीलाई गोली प्रहार गरी हत्या गर्ने भारतीय सुटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत युपी गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँव बस्ने ४० वर्षीय मनिष हरिजन (चमार) छन्। उनलाई गत बुधबार राति रुपन्देही प्रहरीले सिद्धार्थ नगरपालिका–२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानबाट पक्राउ गरेको हो।
२०७६ भदौ २९ गते कुर्मीको हत्या गरी गरी उनको साथमा रहेको ५ लाख लुटेर हरिजन फरार भएका थिए।
कुर्मी २०७६ भदौ २९ गते सिद्धार्थ नगरपालिका–८ स्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ लिई लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका थिए। सोही बेला रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरस्थित हुलाकी सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अपरिचित ब्यक्तिहरुले गोली प्रहार गर्दा घनको घटनास्थलमै मृत्यु भएको थियो। गोली प्रहार गर्ने व्यक्तिले उनको साथमा रहेको ५ लाख रुपैयाँ लुटेर लगेका थिए।

हरिजनबाट प्रहरीले घटनामा प्रयोगमा भएको युपी ५३ डिबी ९९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।