नयाँ दिल्ली (एजेन्सी)– के तपाईलाई थाहा छ– भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरमा कामदार बन्न कति मेहनत गर्नुपर्छ? उनको ड्राइभरको तलब कति छ?
मुकेशको घर विश्वकै भब्य घर मध्येमा पर्छ। उनीसँग नीजि हेलिकोप्टर मात्र होइन, ५ सयभन्दा बढि गाडी छन्।
मुकेशको घरमा कामदार बन्न निकै मेहनत गर्नुपर्छ। धेरै परिक्षणबाट गुज्रिनु पर्ने हुन्छ। मुकेशको ड्राइभर बन्न जुन कम्पनीलाई ठेक्का दिइएको हुन्छ, उसले कठिन परिस्थितमा ड्राइभरले कसरी गाडी कुदाउँछ, यसको पूर्ण परीक्षा लिने गर्दछ।
मुकेशको घरमा काम गर्ने ड्राइभरले महिनाको २ लाख भारु पाउने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।