एजेन्सी– सन् २००१ सेप्टेम्बर ११ मंगबार बिहानै अलकायदाले अमेरिकाको ट्विनटावरमा हमला गरेको थियो। घटनामा करिब ३ हजारको मृत्यु भयो भने ६ हजार घाइते भए। आक्रमणमा १० विलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो। ४२ मिनेटमा १ सय १० तले भवन क्षतिग्रस्त भयो। सेप्टेम्बर ११ का ११ तथ्य यस्ता छन्ः
१. आक्रमण हुँदा टावरमा ५० हजारभन्दा बढी कर्मचारी थिए। आक्रमण लगत्तै भग्नावशेषबाट १८ जनालाई जीवितै उद्दार गरिएको थियो।
२. भग्नावशेषबाट मानिसको शरीरका १९ हजार ४ सय ३५ टुक्रा निकालिएको थियो भने १ दशमल ४ मिलियन टन भग्नावशेष निकालिएको थियो।
३. आक्रमणको एक महिनाअघि नै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले आक्रमणको सूचना पाएका थिए। आफ्नो मेमोमा बिन लादेनले हवाइजाहाज अपरण गरी आक्रमण गर्न सक्ने चेतावनी उनले लेखेका थिए।
४. २००१ अगस्टमा अभिनेता जेम्स वुडले आफ्नो विमान यात्राका क्रममा चार जना व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको जानकारी सुरक्षा अधिकारीलाई दिएका थिए। सुरक्षा अधिकारीले विश्वास गरेका थिएनन्। पछि आक्रमणमा वुडले बताएकै व्यक्तिहरुको संलग्नता पुष्टि भएको थियो।
५. आक्रमणमा संलग्नहरुले एफबिआईकै भवनअघिको मोटेलमा बसेर योजना बनाएका थिए।
६. ट्विनटावर ध्वस्त हुँदा वरपरका ६ दशमलव ५ हेक्टरमा रहेका जग्गा तथा भवनमा प्रत्यक्ष क्षति पुगेको थियो।
७. वर्ल्ड ट्रेड सेन्टरको स्वामित्व रहेको कम्पनीले आक्रमण भएकै दिन भवनमा आतंकारी आक्रमण भए के गर्ने भन्ने विषयमा छलफल आयोजना गरेको थियो।
८. आक्रमणपछि जिरो ग्राउन्डमा भएको टक्सिनका कारण करिब १ हजार १ सय मानिसलाई क्यान्सर भएको थियो।
९. ट्विन टावरको स्टिलबाट सम्झना स्वरुप इजरायलमा स्तम्भ तयार गरिएको छ।
१०. घटनामा ३ हजार ५१ बालबालिकाले आफ्ना अभिभावक गुमाएका थिए। यस्तै, १७ महिलाले त्यही दिन आफ्ना श्रीमान् गुमाए भने सन्तानलाई आक्रमणकै दिन जन्म दिएका थिए।
११. आक्रमणमा १ सय मिलियन अमेरिकी डलर बराबरका कलाकृति नष्ट भएका थिए। जसमा पाब्लो पिकासो, डेभिड अक्ने लगायतका कलाकारको कलाकृति रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।