• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायालयबाटै पीडित निरमाया : नचिनेको व्यक्तिलाई नै अदालतले श्रीमान् बनाइदिएपछि...

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  ०७:२५
1140x725

काठमाडौं– न कहिल्यै भेटेको छ, न त चिनेको नै छ। नाम समेत नसुनेका एक पुरुषलाई अदालतले श्रीमान् ठहर गरिदिएपछि बाग्लुङकी एक महिला अहिले आश्चर्यमा परेकी छन्। 

जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको हो। आफ्ना श्रीमानसँग बहुविवाह मुद्दा लडिरहेकी उनलाई सो मुद्दामा कमजोर बनाएर सम्पत्ति नदिलाउन थाहै नदिई अर्को मुद्दा दायर गरेर अर्को व्यक्तिलाई श्रीमान् ठहर गराइएको हो। 

जिल्ला अदालतले फनाधर घर्तीलाई उनको श्रीमान् भएको ठहर गरेको हो। फनाधर नामक व्यक्तिलाई उनले अहिलेसम्म भेटेकी छैनन्। प्रहरी र न्यायालयकै मिलेमतोमा यस्तो काम भएको भन्दै निरमाया न्याय माग्दै राजधानी आएकी छिन्। 

यस्तो थियो घटना 

निरमायाको २०५६ सालमा भारतीय सेनामा कार्यरत प्रेमबहादुर पुनसँग विवाह भएको थियो। उनीहरुको दुई बच्चा भए। करिब १० वर्षपछि उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो। 

आफूलाई खर्च समेत दिन छाडेपछि उनले उजुरी गरेर तलबको आधा पैसा आफूले लिने व्यवस्था मिलाइन्।

जागिर छाडेपछि श्रीमानले अर्की महिलासँग बिहे गरेको थाहा पाएपछि उनले २०७२ असार १७ गते प्रहरीमा उजुरी दिइन्। कास्की प्रहरीले साउन १८ गते उनका श्रीमान् प्रेमबहादुर र कान्छी श्रीमतीलाई पक्राउ गर्‍यो। बहुविवाह बाग्लुङमा भएकाले कास्की प्रहरीले उनीहरुलाई बाग्लुङमा बुझायो। 

बहुविवाह मुद्दामा सामान्यतया अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने नजिर भेटिन्न। तर, बाग्लुङ जिल्ला अदालतले दुवै जनालाई साउन २८ गते न्यूनतम धरौटीमै छाड्ने आदेश दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसका पछाडि प्रहरीको पनि सहयोग थियो। प्रहरीले पक्राउ गरेको एक सातामा अनुसन्धान सकिएको भन्दै अभियुक्तलाई फाइदा पुग्नेगरी मिसिल बनाइदिएको थियो। २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने भएपछि प्रहरीले पीडितहरुको जानकारीबिना नै मुद्दा अगाडि बढाएको थियो। 

पछि थाहा पाएपछि पीडित निरमायाले एसएसपी सुभाषचन्द्र चौधरीलाई उजुरी गरिन्। प्रारम्भिक छानबिनमा प्रहरीको गल्ती देखिएपछि तीन जना प्रहरीलाई कारबाही गरिएको थियो। उक्त मुद्दा दायर हुँदा डिएसपी प्रेम बस्नेत बाग्लुङमा कार्यरत थिए। मुद्दा शाखाका प्रहरीलाई एसएसपीले कारबाही गरेका थिए। कारबाहीमा पर्नेमा सई शैलेन्द्र खड्का लगायत छन्।

बाग्लुङ अदालतमा बहुविवाह मुद्दा चलिरहेकै थियो। श्रीमानको पेन्सन तथा जग्गा रोक्का नै थियो। त्यही क्रममा अदालतका कर्मचारीले एक दिन निरमायालाई भने ‘तपाईं विरुद्ध पनि दाङमा मुद्दा चलेको रहेछ नि?’ 

उनी बुझ्न दाङ पुगिन्। अदालतमा पुग्दा उनी आश्चर्यचकित भइन्। चिन्दै नचिनेको एक व्यक्तिसँग बिहे गरेको भन्दै उनी विरुद्ध बहुविवाह मुद्दा दायर भएको रहेछ। चेमा घर्तीमगर नामक महिलाले २०७२ असोज ८ गते सो मुद्दा दायर गरेकी थिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘दुवै जनालाई मैले चिनेको समेत थिइनँ’, निरमाया भन्छिन्, ‘एक दिन अदालतमा चेमासँग भेट भयो, उनीसँग कुरा गर्न खोज्दा अदालतबाट भागिन्।’

जिल्ला प्रहरी कार्यालय दाङले कुनै बलियो प्रमाणबिनै त्यसरी मुद्दा अदालतमा पुर्‍याएको थियो। बहुविवाह गरेको एउटा पनि बलियो प्रमाणबिना र अभियुक्तलाई पक्राउको लागि प्रयास नै नगरी मुद्दा दायर गर्नुले घटनामा प्रहरीको समेत मिलेमतो प्रस्ट हुन्छ।  

नेपाल लाइभलाई प्राप्त मिसिलमा उनीहरुले बिहे गरेर भोजभतेर खुवाएको भन्ने सुनेको विषयलाई मुख्य प्रमाण बनाइएको छ। विवाह दर्ता, फोटो लगायत बहुविवाह मुद्दाका अन्य कुनै प्रमाण छैन।  

अचम्म त के भयो भने, त्यति प्रमाणकै आधारमा जिल्ला अदालत दाङका न्यायाधीश चुरामान खड्काले गत जेठ २९ गते निरमायालाई फनाधरको श्रीमती भएको फैसला सुनाए। फनाधरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भयो। 

फनाधर विरुद्ध बहुविवाह मुद्दा मात्र दायर हुनु र अंश मुद्दा दायर नहुने तथा दुवै आरोपीलाई पक्राउ गर्न समेत चासो नदिई मुद्दा चलाउनुले यसका पछाडि गलत मनसाय रहेको देखिन्छ। 

उक्त मुद्दामा फनाधरको बयान नै लिइएको थिइएन। जबकि उनै फनाधरलाई बाग्लुङको मुद्दामा निरमाया आफ्नी श्रीमती भएको भनेर कागज गर्न लगाइएको थियो। तर, पछि फेरि अदालत गएर उनले आफूलाई आर्थिक प्रलोभनमा पारी त्यसो गर्न लगाएको भन्दै आफ्नो श्रीमती नभएको व्यहोराको अर्काे निवेदन दिएका छन्। 

स्रोतका अनुसार, निरमायालाई आफ्नो श्रीमती भएको भनिदिएवापत ४ लाख दिने आश्वासन दिइएको थियो। तर, थोरै मात्र पैसा दिएपछि उनले अदालतमा अर्को निवेदन दिएका हुन्। 

यो मुद्दामा अर्काे संयोग के छ भने, फैसला भएको केही दिनमै निरमायाका श्रीमान् प्रेमबहादुरको रोक्का रहेको पेन्सनको २० लाख रकम फुक्का भयो। दाङकै अदालतको फैसलाका आधारमा उक्त पेन्सन फुकुवा गरिएको थियो। जबकि बाग्लुङमा चलेको मुद्दाका आधारमा सो रकम रोक्का भएको थियो। 

‘फनाधरको श्रीमतीलाई आर्थिक प्रभावमा पारी यसरी नाटक रचिएको रहेछ,’ पीडित निरमाया भन्छिन्, ‘अदालतले कहिल्यै देख्दै नदेखेको व्यक्तिलाई श्रीमान् बनाइदियो।’ 

अदालतमा पेश गरेका प्रमाणमा पनि उनीहरुबीच बिहे भएको तथा सँगै बसेको देखाउने कुनै प्र्रस्ट प्रमाण छैनन्। फनाधरले श्रीमती खोजिदिन भनेर प्रहरीमा दिएको उजुरी तथा श्रीमतीसँग होटलमा बसेको भन्ने जस्ता कागजहरु मात्र प्रमाणका रुपमा पेश गरिएका छन्। जसबाट प्रहरीले गम्भीर अनुसन्धानबिना नै बहुविवाह मुद्दा दर्ता गरेको देखिन्छ। घटनापछि उनले प्रहरीसँग समेत गएर झगडा गरिन्, तर प्रहरीको माथिल्लो निकायले उनलाई सहयोग गरेन।

मुख्य अभियुक्तलाई खोजी नै नगरी फैसला हुनुलाई निरमाया आश्चर्य व्यक्त गर्छिन्। उनी पीडित रहेको बाग्लुङ जिल्ला अदालतमा दायर भएको मुद्दा साढे दुई वर्षदेखि विचाराधीन छ। श्रीमानले छाड्दा दुई वटा बच्चा पाल्न समेत आफूलाई समस्या भएको उनी बताउँछिन्। 

जिल्ला अदालत दाङका तत्कालीन न्यायाधीश चुरामान खड्का हाल जिल्ला अदालत काठमाडौंमा कार्यरत छन्। पीडित निरमायाले यस्तो फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको माग गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेटेकी छिन्। उनले न्याय परिषद्‌मा समेत उजुरी गरेकी छिन्। 

‘फैसला देखेर न्याय परिषद्का कर्मचारीले नै आश्चर्य व्यक्त गरे’, उनले भनिन्।

जिल्ला अदालत दाङले फनाधर घर्ती निरमायाको पति भनेर गरेको फैसला:

चेमा घर्तीले निरमाया पुन विरुद्ध दायर गरेको मुद्दाको प्रमाणको विवरण:

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्