ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सात दिन लामो भ्रमणका सिलसिलामा आइतबार भारत आएका छन्।
भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्।
प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उनको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा केन्द्रित हुनेछ।
उनी आइतबार नै परिवारसहित भारतको आग्रा पुगेका छन्। यसअघि बिहीबार क्यानडाको सरकारी प्रतिनिधिमण्डल भारतको अमृतसरस्थित ‘गोल्डेन टेम्पल’(सुनौलो मन्दिर)को भ्रमण गरेको थियो। ट्रुडोले पनि आगामी बुधबार अमृतसर पुगी ‘गोल्डेन टेम्पल’को दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यसबाहेक उनले आग्रा, अहमदावाद, मुम्बई, तथा नयाँ दिल्लीको भ्रमण गर्ने क्यानडाली प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।