काठमाडौं- बेलायती प्रधानमन्त्री म र इयुका प्रतिनिधीहरूबिच नयाँ ब्रेक्जिट सहमति भएको छ। तर, उक्त सहमतिलाई बेलायती र इयु संसदले पारित गरेपछि मात्र पूर्णरुप पाउने छ।
इयुको संसदले पारित गर्नेमा त कुनै शंका छैन तर बेलायती संसदले भने पारित गर्न निकै कठिन छ। सत्ता साझेदार उत्तरी आयरल्यान्डको दल डियुपी ले अहिलेकै अवस्थामा यो डिललाई समर्थन नगर्ने जनाएको छ भने विपक्षी दलका नेता कोर्विनले यो सहमति टेरेजा मेले गरेको सहमति भन्दा पनि खराब रहेको र आफूहरूले समर्थन नगर्ने घोषणा गरिसकेका छन्।
बोरिस जोन्सनसँग अहिले बहुमत छैन। उनको दल कन्जर्वेटिभका केही सांसद स्वतन्त्र भएर रहेका छन केही विपक्षी दल लिवरल डेमोक्र्याटमा छिरे भने २१ जना सांसद बोरिसको रबैयाप्रति उदास बनेर बोरिसको कदमको विरोध गर्दै पार्टी छोडेर स्वतन्त्र रहेका छन्।
यस्तो अवस्थामा बोरिसको अहिलेको डिल पास हुने सम्भावना निकै न्यून छ।
अब यो सहमति बेलायती संसदमा शनिबार प्रस्तुत गर्ने तयारी छ। यदि संसदले यो सम्झौता पारित गरेन भने अर्को सम्झौता वा सहमतिका लागि पर्याप्त समय छैन। किनकि अहिलेको प्रावधान अनुसार बेलायत यही अक्टोबर ३१ भित्र इयु बाट बाहिरिनै पर्दछ।
यस्तो अवस्थामा बेन एक्ट अनुसार इयु समक्ष बेलायती प्रमले ब्रेक्जिटको लागि थप समय माग गर्नुपर्ने बाध्यता छ।
थप समयको लागि अनुरोध गर्ने बित्तिकै बिपक्षीहरूले नँया चुनावको लागी सहमति गर्नेछन् र बेलायतमा मध्यावधि चुनाव हुने सम्भावना निकै धेरै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।