काठमाडौं– विराटनगरमा प्रहरीले नेत्रबिक्रम चन्द,‘विप्लव’का केही नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। पार्टीको राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालको सम्मेलनमा पुगेका नेपाल कम्यूनिष्ट पार्टीका नेताहरु सुदर्शन र पदम राई लगायतलाई पक्राउ गरेको हो।
सम्मेलनको उद्घाटन सोमबार थियो। प्रहरीले उनीहरुलाई दिनभरी थुनामा राखेर बेलुका रिहा गरेको छ।
पक्राउ परेपछि प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिदै विप्लवले बिज्ञप्ती निकालेका थिए। आफ्ना नेतालाई नछाडे ८ गते नेपाल बन्दको समेत चेतावनी दिएका थिए। प्रहरीले आइतबार बेलुका नै उनीहरुलाई छाडिसकेको छ। सोधपुछका लागि पक्राउ गरेर साँझ छाडिएको मोरङका एसपी अरुण बिसीले बताए।
सो पार्टीका नेताहरुले हिंसात्मक गतिविधिको तयारी गरिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।