काठमाडौँ – निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसलाई भव्यताका साथ मनाउने भएको छ।
त्रिदिवसीय कार्यक्रम पारित गरी फागुन ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने आयोगले विज्ञप्तिमार्फत जनाएको हो।
कार्यक्रमको पहिलो दिन शक्रबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । दोस्रो दिन आज प्रभातफेरि आयोजना गरियो । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्तको नेतृत्वमा भएको प्रभातफेरी आयोगबाट सुरु भई दरवार मार्ग, भद्रकाली, सहिद गेट, रत्नपार्क हुँदै पुनः आयोग परिसर पुगेर टुङ्गिएको थियो।
आयोगले आजै सांसद, संविधान एवं कानूनविद् तथा राजनीतिक दलका प्रतिनिधिहसँग स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, आयोगका सचिव, सहसचिवलगायतको उपस्थिति रहेको थियो।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमका साथ दिवसलाई मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।