काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ सरकारी निवास बालुवाटार सरेका छन्।


सरकारी निवास अपराह्न ४ बजे सर्ने तयारी भए पनि प्रधानमन्त्री ओली साँझ ६ बजेतिर बालुवाटार प्रवेश गरेका थिए। ओलीको साथमा पत्नी राधिका शाक्य पनि थिइन्।


प्रधानमन्त्रीका रुपमा ओलीको बालुवाटार प्रवेश यो दोस्रो पटक हो। उनी गत बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए। बालुवाटारमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

बालुवाटार प्रवेश गर्ने क्रममा उनलाई मुख्य गेटभित्र नेकपा एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरुले बधाई र शुभकामना दिएका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।