कैलाली- बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयमसेविकासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको चुरे गाँउपालिमा सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ।
चुरे गाँउपालिका-६ गजारकी स्वयमसेवीका कल्पना भनिने कलावती बोहरा, डोटीको शिखर नगरपालिका-३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई फल्टुडे प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
उनीहरुले चुरे गाँउपालिका-६ की १३ वर्षीया बालिकालाई विवाहको बहानामा बेच्न खोजेको आरोप लागेको छ।
सहजपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।