सुर्खेत– प्रदेश नम्बर ६ को सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
वाम गठबन्धनका एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि आइतबार मन्त्रिपरिषद विस्तार गरिएको हो।
मुख्यमन्त्रीसहित माओवादी केन्द्रले तीन र एमालेले चार मन्त्रालय पाएको छ। प्रदेश नम्बर ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुम पश्चिमकी सांसद विमला केसी माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका छन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतका सांसद खड्गबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री, डोल्पाका सांसद नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री र हुम्लाका सांसद दल रावल सामाजिक विकास मन्त्री बनेका छन्।
सबै मन्त्रीले आइतबार नै सपथ लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।