राजविराज- गत साउन अन्तिम साताको बाढीका कारण घरबार गुमाएका सप्तरीका १८ घरपरिवारले नयाँ घर पाएका छन्।
बाढीमा सर्वस्व गुमाएका दलित तथा विपन्न परिवारका लागि धर्म शान्ति नेपाल (आरएफपी) तथा एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी) नामक संस्थाले नयाँ घर निर्माण गरेर आइतबार हस्तान्तरण गरेका छन्।
तिरहुत गाउँपालिकाका १, २ र ५ (मैनाकडेरी) का डम्बर राम, इन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जिवछ मलाह, सरस्वतीदेवी राम लगायत १८ गरिब र दलित परिवारको घर बाढीले भत्काएको थियो। स्थानीय धर्मोदय नेपाल नामक संस्थाको पहलमा आरएफपी र एसआरपीले उनीहरुको घर निर्माण गरिदिएका हुन्।
नयाँ घरको साँचो पाएपछि पीडित परिवारले खुसी व्यक्त गरेका छन्।
‘बिचल्लीमा परेका बेला घर बनाइदिने व्यक्ति हाम्रा लागि भगवान् हुन्', उनीहरुले प्रतिक्रिया दिए।
सिमेन्टको भुइँ, बाँसको टाटी र टिनको छाना लगाएर प्रतिघर निर्माण गर्न १ लाख ८६ हजार लागेको धर्मोदय नेपालका अध्यक्ष काशीनाथ जोशीले जानकारी दिए।
द
लित गरिब परिवारलाई घर बनाइदिएर सिङ्गो गाउँपालिकालाई गुन लगाएको भन्दै गाउँपालिका अध्यक्ष मनोज वहडखेरले सहयोगी संस्थाका प्रतिनिधिहरुलाई फूलमाला लगाएर सम्मान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।