काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गर्दै तिनलाई गोप्य राखेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री ओलीले नै बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले दूरगामी प्रभाव राख्ने र महत्त्वपूर्ण निर्णय गरेको तर तिनलाई उपयुक्त समयमा मात्र सार्वजनिक गरिने बताए।
स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा सरकारले गर्न पाउने सिफारिसका केही व्यक्तिको नाम पठाएको छ।
यसअघि शेरबहादुर देउवा सरकारले पनि राष्ट्रियसभामा सरकारले पठाउने व्यक्तिको नाम पठाएको थियो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो सरकारले पठाएका नामहरु अनुमोदन नगरेकाले वाम गठबन्धनको सरकारले पुन: नाम पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।