• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोमाबाट फर्किएर ओलम्पिकमा कास्य जित्ने मोरिस

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  ०३:००
1140x725

भ्यानकुभर– करिब ११ महिनाअघि क्यानडाका स्नोबोर्डिङ खेलाडी मार्क मोरिस भ्यानकुभर अस्पतालमा अचेत अवस्थामा थिए। केही दिन कोमामा रहेका मोरिस गत मार्चमा आफ्नै भाइ क्रेगसँग स्नोबोर्डिङको सिन सुटिङ गर्ने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको बंगारा तथा बायाँ काँध भाँचियो। फियो फुट्यो। ढाड र करङ पनि भाँचियो। साथमा उनको देब्रे फाक्सोले पनि काम गर्न छोड्यो। 

घाइते मोरिस पहिलेको अवस्थामा फर्किन सक्लान् भन्ने कत्ति पनि नचिताएका उनका परिवार र प्रशंसक त्यतिबेला आश्चर्यमा परे जतिबेला उनले प्योङचाङ ओलम्पिकमा कास्य पदक जिते। 

दक्षिण कोरियामा चलिरहेको शीतकालीन ओलम्पिकको २३औं संस्करणमा गत शनिबार क्यानडाको विस्टलरका स्थायी बासिन्दा मोरिसले पुरुषतर्फको स्लोपस्टाइल कम्पिटिसनमा कास्य पदक प्राप्त गरेका हुन्। सो स्पर्धामा उनकै टोलीका म्याक्स प्यारोटले रजत पदक हात पार्दा अमेरिकी रेड गेरार्डले स्वर्ण जिते। आसन्न ओलम्पिकमा क्यानडाली टोलीका लागि यी दुई पदक नै पहिलो पदक थिए। प्यारोटले आफ्नो करिअरकै पहिलो ओलम्पिक पदक हात पार्दा मोरिसको भने दोस्रो कास्य थियो। 

कोमाबाट निस्केपछि बंगारा भाँच्चिएकाले बोल्न नमिलेका कारण उनले एक कागजको टुक्रामा प्रश्न लेख्दै सोधे, ‘के म फेरि स्नोबोर्ड खेल्न सक्छु?’

‘घटनापछि आजसम्म निकै कम समय मात्रै गुज्रिएको छ। तर आजको दिनले त्यो थोरै समयलाई अर्थपूर्ण बनाइदिएको छ’, २४ वर्षीय मोरिसले भने, ‘पछिल्लो चोटबाट पार पाएदेखि अहिलेको क्षणसम्म आइपुग्दा म निकै खुशी छु, किनकि यो क्षण मेरो जिन्दगीकै विशेष क्षण हो।’

अस्पताल भर्ना र केही महिनाको प्रशिक्षणपछि मात्रै मोरिस प्योङचाङ जाने निर्णयमा पुगेका थिए। करिब १० दिनसम्मको अस्पताल बसाइका क्रममा उनको शरीरमा विभिन्न शल्यक्रिया गरिएको थियो। त्यसपछि ६ सातासम्म उनले झोलिलो पदार्थ मात्रै खाए। 

यसअघिको सोची ओलम्पिकमा पनि सहभागी हुन जानुभन्दा २ साताअघि मात्रै उनको करङको हड्डि भाँच्चिएको थियो। तर, उनी प्रतियोगितामा सहभागिता जनाएर कास्य पदक नै जित्न सफल भएका थिए। सोही समयमा जस्तै यसपटक पनि आफ्नो लगन तथा आत्मविश्वासका कारण उनले पीडालाई पार लगाउन सके। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो दुःखदायी क्षणबारे सम्झिँदै मोरिसले भने, ‘न त यताउती हलचल नै गर्नसक्थेँ। न त अरुसँग केही कुरा नै गर्नसक्थेँ। सायद मैले निकै असहज समय गुजारेको थिएँ।’

उनले थपे, ‘मलाई विश्वास नै लागेको थिएन कि, एउटा सानो मुर्खतापूर्ण गल्तीले यो सब निम्तिएको थियो। आजकल आशा गर्छु म त्यो गल्तीलाई उल्टाएर फेरि पुरानै अवस्थामा पुर्याउँ। तर, मलाई थाहा छैन, सायद यसले मलाई सशक्त तथा असल मानिस बनाउनेछ। सम्भवतः यसले मानिसहरुलाई यस्तो अवस्थाबाट कसरी पार पाउने भन्नेमा सहयोग गर्नेछ।’ 

मोरिस क्यानडाको विस्टलरबाट प्रतिनिधित्व गर्ने सात खोलाडीमध्ये एक हुन्। टोलीमा विस्टलरबाट म्यास प्यारोट, टेलर निकोल्सन, सेबास्टियन टोटान्ट, स्पेन्सर ओबेरियन, बु्रक भोइज्ट र लोरी ब्लोइनको सहभागिता छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दक्षिण कोरिया जानुअघि मोरिसले स्थानीय पिक म्यागेजिनलाई भनेका थिए, ‘यो समय निकै चाँडो आएजस्तो लागिरहेछ। यसबाट म खुसी पनि छु। राम्रो र युवा जोशले भरिएको टोलीमा पुनः फर्किन पाउनुमा आफूलाई भाग्यमानी ठानेको छु। ममा आफैंमाथि विश्वास छ र आफ्नो भूमिका निभाउन तयार छु।’

आफूलाई सन्चो भइसकेपछि परीक्षणका लागि मोरिस गत सेप्टेम्बरमा मात्रै हिउँमा फर्किएका थिए। त्यतिबेला उनी खेलमा शतप्रतिशत क्षमता देखाउन तयार नभए पनि उनको अवस्थामा आएको सुधारले राहत दिलायो। 

‘अक्टोबरको अन्तिमबाट मात्रै म पूर्णतया खेल्नसक्छु भन्ने हेक्का भयो। त्यसपछि चीन पुगेँ र आफ्नो प्रशिक्षण सुरु गरेँ। सायद त्यो मेरो पागलपन थियो कि’, मोरिसले भने, ‘मैले केही व्यावसायिक खेलहरु न्युजिल्यान्डमा गएर खेल्नुथियो। मैले यसैगरी आफूलाई परिस्कृत बनाउँदै लग्नुथियो। पुरानो स्थिति सम्झिँदा प्रशिक्षणका ती क्षणहरु सहजै पार गरेकोमा आनन्दको अनुभूति हुन्छ।’

पछिल्ला ११ महिना केही मात्रामा डरलाग्दो रहेको बताउँदै उनले त्यस्तो बेला मानसिक रुपमा पनि सँगसँगै निको हुनुपर्ने आवश्यकता औंल्याए। 

खेलमा कास्य पदक हात पारेपछि मोरिसले गत आइतबार अन्तवार्ता दिँदै आफ्नो खेलप्रतिको लगावलाई अनौठो लतको संज्ञा दिए। 

सिओसीका पत्रकार स्कट रुसेलले गरेको ‘किन?’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जब यो घटना मेरो जीवनमा घट्यो, मसँग अब केही बाँकी छ जस्तो नै लागेन। जसले मलाई साथीहरुसँग हिमालमा गरिने रमाइलो पल दिन सकोस्। सिक्ने नयाँ तरिका र मेरो क्षमतालाई बढावा दिन सकोस्। पूरा देशले हेरिरहेका बेला आफू दौडिरहन पनि नचाहेको होइन। त्यही भावनाले गर्दा लाग्यो कि, यो कहीँ पनि पाइँदैन। मात्र यो एक लत हो।’ 

उनी ती व्यक्तिहरुबाट पनि उत्साहित तथा प्रेरित भए जो आफ्नो दृढ संकल्पद्वारा अरुलाई प्रेरित गर्छन्। प्रफुल्ल मुद्रामा देखिएका मोरिसले भने, ‘त्यही कारण थियो, जसले मलाई अगाडि बढ्न लगातार बल दिइरह्यो। त्यही कारण थियो, जसले मेरो जीवनको चक्रलाई घुमाइदियो।’

मोरिस जारी ओलम्पिकमा आगामी फेबु्रअरी २३ र २४ मा हुने अर्को विशेष स्पर्धामा सामेल हुँदैछन्। सो खेलमा प्रयोग गरिने तरिकाहरु बंगारा झार्ने तथा हेर्नका लागि रमाइलो हुने किसिमको रहने मोरिसले बताए। 

‘खेलाडीहरुले मानव शरीरले कतिसम्म गर्नसक्छ भन्ने सीमालाई नाघ्न खाज्नेछन्। यो वास्तवमै प्योङचाङका लागि निकै रोचक तथा गज्जबको सुरुवात हुनेछ’, उनले भने।

(लेखनः टाइम्स कोलोनिस्टका लागि मार्था पर्किन्स)
अनुवादः विमर्श कँडेल

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्