काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरले ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
मंगलबार ललितपुरको कानिबाहाल क्षेत्रमा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सरोज कार्की, रुपेश कर्मचार्य, सनम श्रेष्ठ, रञ्जित शाह, आषिश श्रेष्ठ र जितलाल कुमार शाह छन्।
प्रहरीले उनीहरुको साथबाट डाइजापाम १ सय ७९ पिस, नुर्फिन १ सय ८६ पिस, फेनारगन २ सय २०, ८३ हजार रुपैयाँ र ६ थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका मध्ये जितलालको घरमा लागुऔषध राख्ने, रञ्जित र आशिष बेच्ने, सरोज, रुपेश र समन किन्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।