बुटवल– प्रदेश नम्बर ५ मा सभामुख पूर्णबहादुर घर्तीले कार्यव्यवस्था समिति गठन गरेका छन्।
प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा १५ बमोजिम सभामुख घर्तीले कार्यव्यवस्था समिति गठन गरेका हुन्।
कार्यव्यवस्था समितिमा उनले सांसदहरु भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, दधिराम न्यौपाने, इन्द्रजित थारु, वीरबहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनीत गरेका छन्।
अन्तरिम कार्यविधि अनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।