धनगढी- प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ जना मन्त्रीले आइतबार पदवहाली गरेका छन्।
मुख्यमन्त्री भट्टले पदवहाली गर्दै संघीयतामा जनताले अपेक्षा गरे अनुसारको काम गर्नु आफ्नो प्राथमिकता रहने बताए। उनले यो प्रदेश प्राकृतिक स्रोत–साधनले सम्पन्न भए पनि हिजो केन्द्रीकृत शासन व्यवस्थाको कारण उपेक्षामा परेको टिप्पणी गरे।
‘अब हामीसँग रहेका प्राकृतिक स्रोतहरुको व्यवस्थापन गर्दै सही परिचालन गरेर अघि बढ्छु’, उनले भने।
पदवहाली गरे लगत्तै मुख्यमन्त्री भट्टले धनगढीस्थित सेती अञ्चल अस्पतालको छड्के निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा उनले अस्पतालमा बिरामीको चाप अनुसार क्षमता नभएको भन्दै सुधारका लागि निर्देशन दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।