काठमाडौं– १० दिनअघि भएको बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक बस्ने २२ वर्षीय दिनेश गुरुङलाई जबर्जस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो।
गत माघ २७ गते कागेश्वरी मनोहरा नगरपालिका–८ घर भएकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी उनी फरार भएका थिए। अभियुक्तलाई महानगरीय प्रहरी वृत्त बौद्धले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।