लन्डन- बेलायतको संसद् नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ।
राजधानी लन्डनस्थित एक अदालतका न्यायाधीशले सलिह खातिर नाम गरेका ती व्यक्तिलाई आजीवन जेल सजायको फैसला सोमबार गरेका हुन्। धेरै मानिसको ज्यान जान सक्नेगरी गत वर्ष संसद् भवन नजिकै एक व्यक्तिले कार आक्रमण गरेका थिए।
न्यायाधीश मौरा म्याकगोवानको फैसलामा उल्लेख गरिएको छ, '३० वर्षीय सलिह खातरले कम्तीमा पनि १५ वर्ष जेल सजाय भोग्नु पर्दछ।'
सन् २०१८ को अगस्टमा खातरले धेरै मानवीय क्षति हुनेगरी कार आक्रमण गरेको अदालतले ठहर गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।