काठमाडौं- भारत प्रशासित जम्मू-काश्मीर क्षेत्रमा ७२ दिनपछि मोबाइल सेवा सुचारु भएको छ।
भारत सरकारले अगष्ट ५ मा जम्मू-काश्मीरको विशेष स्वायत्तता खारेज गर्नुपूर्व मोबाइल सेवा निलम्बन गरेको थियो।
करिब ५० लाख मोबाइल सेटमा फोन सेवा सुचारु भएको ठानिएको छ। तर, प्रिपेड मोबाइल सेवा भने अझै सुचारु गरिएको छैन।
अधिकारीहरुले अघिल्लो महिनाबाट करिब ८० प्रतिशत ल्यान्डलाइन फोन सञ्चालनमा आएको बताएका थिए, तर धेरै जनताका घर अझै पनि ल्यान्डलाइन सञ्चालन भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।