बर्दिवास- बर्दिवासबाट प्राप्त समाचार अनुसार सोमबार मतदान सम्पन्न भएका महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये नौ ठाउँको मतगणना अहिले जारी छ ।
आज बिहान शुरु भएको मतगणनाको प्रारम्भिक अवस्था सार्वजनिक हुन थालेका छन् जसअनुसार जलेश्वर र भङ्गाहा नगरपालिकामा १०० मतपत्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बर्दिवास, रामगोपालपुर, मनरा शिस्वा, बलवा र गौशालामा मतपत्र गन्न शुरु गरिएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सात नपा र दुई गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए।
बाँकी तीन नगरपालिका र तीन गाउँपालिकाको अहिले बिहान ८ बजे मतगणना शुरु गरिने सहमतिअनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
महोत्तरीमा हिजो सम्पन्न चुनावमा कुल तीनलाख आठहजार ४०४ मतदातामध्ये ७३ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।