गौशाला- महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ।
निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन्।
उनले ५५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन्।
मनरा सिस्वा नगरपालिकामा गएराति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।