एजेन्सी- संयुक्त राष्ट्रसंघका प्यालेस्टाइनस्थित मानवीय सहायता संस्थाले प्यालेस्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ।
गाजा क्षेत्रमा आधारभूत सामग्रीहरु अभाव हुन नदिन थप २५ लाख अमेरिकी डलर बराबरको सहयोग गर्न लागेको संयुक्त राष्ट्रसंघका प्यालेस्टाइनस्थितामा मानवीय सहायता संयोजक रोवर्ट पाइपरले बताए।
अमेरिकी सहयोग स्वास्थ्य, खानेपानी, तथा सरसफाइ आयोजनाको सञ्चालन गर्न, इन्धन तथा औषधिजन्य सामग्रीको आवश्यक व्यवस्थापनका लागि हो। गाजामा सहयोगका लागि भने कम्तीमा पनि २ करोड ५० लाख अमेरिकी डलर माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।