बगदाद- इराकको पश्चिमी क्षेत्रमा सेनाको हवाइ आक्रमणमा एक सातामा ३ सय ६ जना इस्लामिक स्टेटका लडाकु मारिएका छन्।
लडाकु आश्रित क्षेत्रमा इराकी सेनाले हवाइ आक्रमण गरेको हो।
आइएसले आश्रय लिएका क्षेत्र अकासात्, आना, अल क्विम लगायत अन्बार प्रदेशका विभिन्न ठाउँहरुमा सेनाले आक्रमण गरेको थियो। आक्रमणमा आइएसका ६ उच्च नेता सहित ३ सय लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।