काठमाडौं– प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायब उपरीक्षक(डिएसपी)अमरेन्द्रबहादुर सिंहलाई पठाएको छ। बिहिबार मुख्यालयले सिंहलाई रामेछाप जिल्लाको इन्चार्जको रुपमा सरुवा गरेको हो।
रामेछापका डिएसपी कुमोध ढुङगेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको छ। एक वर्ष अवधि पुगेकाले नियमित सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ।
रामेछापका इन्चार्जको रुपमा डिएसपी ढुङगेलले जिल्लाको सैंपुमा भएको बलात्कारपछि हत्या घटनाका अभियुक्त श्याम राउतलाई भारतबाट पक्राउ गरी ल्याएको घटना सबैभन्दा ठुलो सफलता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।