काठमाडौं- नेपाल प्रहरीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिए। 'ठूलो रकमसहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ,' उनले भने।
प्रहरीले पक्राउ परेकासँबाटग १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।