धनगढी– प्रदेश नम्बर ७ मा नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको भागबन्डा टुंगो लगाएका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री भएका छन्। मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लबाट शनिबार अपराह्न सपथग्रहण गरेसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन्।
सरकारमा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै, दीर्घबहादुर सोडारीलाई सामाजिक विकास, पठानसिंह बोहरालाई भौतिक पूर्वाधार विकास र माया भट्टलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रबाट अछामका सांसद झपटबहादुर बोहराले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा कैलालीका सांसद विनीता चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।