काठमाडौँ – डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज प्रदान गरेको छ।
आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले डा पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गरेका छन्। सो अवसरमा डा पाण्डेले बढ्दो शहरीकरण र विलासी जीवनका कारण पनि मधुमेहको समस्या विकराल बन्दै गएको हुँदा आहारविहारमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिए।
उनले मधुमेहले शरीरका सबै अंगमा क्षति गर्ने भए पनि मिर्गौला, मुटु र हाड्डीमा छिटो नोक्सानी गर्ने जानकारी दिँदै यसलाई निर्मूल गर्न स्थानीय तहदेखि नै सचेतना अभियान सञ्चालन गरिनुपर्ने बताए।
डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले मुलुकमा करिब १० लाख मधुमेहको रोगी रहेको बताउँदै उमेर र शारीरिक क्रियाकलाप, तोकिएको क्यालोरीको परिणामअनुसार प्राप्त भोजन सेवन आग्रह गरे।
सन् २०१० मा स्थापना भएको उक्त संस्थाले गत माघ २६ गतेदेखि आजसम्म डाइबेटिज सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्यकर्मी र सर्वसाधारणकाबीच अन्तक्र्रिया तथा सचेतना गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।