काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली बधाई तथा शुभकामना थाप्न पार्टी केन्द्रीय कार्यालय धुम्वाराही पुगेका छन्।
गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक एमाले अध्यक्ष ओली पार्टी केन्द्रीय कार्यालय धुम्वाराही पुगेका हुन्। भक्तपुरको बालकोटस्थित निजी निवासमा भीड बढ्न थालेपछि ओलीले पार्टी कार्यालयमा मात्र नेता कार्यकर्तालाई भेट्ने बताएका थिए।
धुम्वाराहीमा पार्टीका विभिन्न भ्रातृ संगठन र संघसंस्थाका प्रतिनिधिहरुले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।