संखुवासभा– नेपाल पत्रकार महासंघ संखुवासभा जिल्ला शाखाका अध्यक्ष ईन्द्रकुमार गिरीलाई मनराम एसकाज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा रही जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको कदर स्वरुप गिरीलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
गिरि संखुवासभाबाट २०५७ सालबाट निरन्तर जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा कार्यरत छन्।
संखुवासभा घर भई काठमाडौंमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था संखुवासभा काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज) ले मनराम–एसकाज पत्रकारिता पुरस्कार गत वर्षदेखि स्थापना गरेको हो। मनरामका संस्थापक मनमाया श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, एसकाजका अध्यक्ष हेमन्त गौतम लगायतले गिरिलाई पुरस्कार वितरण गरेका थिए।
गिरिले पत्रकारिता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन दिइने पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा उत्साह र हौसला जगाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।