हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।
क्याल्सियमको कमीका कारण लाग्ने रोग
उच्च रक्तचाप
कोलोन क्यान्सर
स्तन क्यान्सर
मेटाबोलिक सिण्ड्रोम
प्रिमेनुष्ट्रल सिण्ड्रोम
कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक ?
वयस्क : १ हजार मिलिग्राम दैनिक
किशोर - ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष - १३ सय मिलिग्राम दैनिक
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा : ५ सय देखि ८ सय मिलिग्राम दैनिक
क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ
दूध : क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।
दहि : दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।
चिज
तरकारी तथा हरिया सागसब्जी
फलफूल तथा बदाम
सामुद्रिक खाद्यपदार्थ
सेरल्स
सोय तथा सोयजन्य उत्पादन
अण्डा
ध्यानाकर्षण : हल्का पेय पदार्थ, क्याफिन र अल्कोहलले क्याल्सियमलाई हानी गर्छन् । त्यसैले यी चिजबाट टाढै बस्नुहोस् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।