गौशाला- महोत्तरी मटिहानी नगरपालिकामा एक युवकको शव फेला परेको छ।
मटिहानी नगरपालिका– ७ स्थित पानीट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए।
मृतक ठाकुरको टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरभरि नीलडाम भएको अवस्थामा शव फेला परेको उनले बताए।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।