चेन्नई- चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नई आइपुगेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नई आइपुगेका हुन्।
उनलाई तमिलनाडु राज्यका गभर्नर बनवरिलाल पुरोहितले स्वागत गरेका थिए। चेन्नई विमानस्थलमा सीको स्वागतार्थ लोकनृत्य, संगीत तथा झाँकीसमेत प्रस्तुत गरिएको थियो।
बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा अन्तरसंवाद हुनेछ।
चेन्नई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो। तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो। राष्ट्रपति सीको चेन्नईमा भव्य स्वागत गरिएको छ।
भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सीले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्ने कार्यक्रम छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।