काबुल, (रासस/सिन्ह्वा)– अफगानिस्तानको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा देशभरी गत चौविस घण्टामा ७७ जनाभन्दा बढी विद्रोहीहरू मारिएका छन्।
रक्षा मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अरु ७३ जना विद्रोहीहरू घाइते भएको पनि उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, “अफगानी सुरक्षा फौजले १६ वटा सुरक्षा सफाई अभियान चलाएको थियो भने १४ विषेश सुरक्षा कारबाही चलाएको थियो । ती अभियानहरू देशभरका १४ प्रान्तमा गत चौविस घण्टामा भएको हो। ”
वक्तव्यमा थप लेखिएको छ, “ती सबै सुरक्षा कारबाहीका क्रममा ७७ जना विद्रोही लडाकू मारिएका छन् भने ७३ जना घाइते र ६ जना गिरफ्तार भएका छन्।”
सरकारी सुरक्षाकर्मीहरूले केही हातहतियार र विस्फोटक पदार्थहरू पनि नियन्त्रणमा लिएर सुरक्षा कारबाहीको सिलसिलामा नष्ट गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
साथै लडाकूहरूले प्रयोग गर्ने २९ ओटा मोटरसाइकल पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।