• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कम्प्युटर तथा मोबाइल चलाउनेको आँखामा देखिने 'कम्प्युटर भिजन सिन्ड्रोम' के हो?

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  ०८:२०
1140x725

कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिन (श्रव्य दृश्य, पर्दा) मा अत्यधिक हेर्ने काम गर्नाले आँखामा आउने बहुपक्षीय परिवर्तन नै कम्प्युटर भिजन सिन्ड्रोम हो। भर्चुअल सामाजिक सञ्जाल, आकासिँदो एन्ड्रोइड मोबाइल प्रविधिको पहुँचले गर्दा कुनै न कुनै रुपमा यसका प्रयोगकर्ता आँखाको समस्याबाट ग्रसित हुन थालेको देखिन्छ। 

अमेरिकन अप्टोमेट्रिक एसोसिएसनका अनुसार कम्प्युटर भिजन सिन्ड्रोम भन्नाले आँखाको विभिन्न अंग तथा दृष्टिको जटिल अवस्था हो, जुन विशेषतः लगातार कम्प्युटरको कार्य गर्नाले हुन्छ। सुरुमा सामान्य समस्या आए पनि समयमै यसको उचित व्यवस्थापन नगरेमा कालान्तरमा धेरै जटिल समस्या निम्त्याउँछ। 

त्यसैले यसको प्रत्यक्ष असर व्यक्तिमा त पर्छ नै, यसले कार्यरत संस्थाको उत्पादकत्वमा समेत कमी ल्याउँछ। त्यसैले तत्सम्बन्धी व्यावसायिक पेसा अँगालेका व्यक्तिहरुले समयमै व्यावसायिक सुरक्षामा ध्यान दिनुपर्छ।

रोगको घनत्व, दर तथा सम्भावना
सन् २०१० सम्ममा विश्वभर अध्ययन, जागिर तथा व्यवसायमा ७५ प्रतिशत कार्य कम्प्युटरबाट भएको अनुमान गरिएको छ। अमेरिकामा मात्र १ करोड व्यक्ति यस रोगबाट ग्रसित छन्।

जुनसुकै व्यक्ति प्रतिदिन औसतमा २ घन्टा भन्दा धेरै समय कम्प्युटरमा व्यतित गर्दछ भने उसलाई यो समस्या हुने गरेको विभिन्न अनुसन्धान तथा सर्वेक्षणले देखाएको छ। 

जोखिममा पर्ने समूह तथा कारण :
-जुन व्यक्तिलाई पहिलादेखि नै दूरदृष्टि तथा अदूरदृष्टिको समस्या छ, त्यस्ता व्यक्ति यस किसिमको जोखिममा अग्रस्थानमा पर्ने हुन्छ। कम्प्युटर भिजन सिन्ड्रोम हुनेमध्ये ७१ प्रतिशतलाई यस्तो किसिमको दृष्टिमा समस्या हुने गरेको अध्ययनले देखाएको छ।

-कम्प्युटरको पर्दा (डिस्प्ले), रिजोलुसन, अक्षर, फन्टको आकार, वर्णको विन्यास, कलरको कन्ट्रास्ट अस्वभाविक मधुरो तथा चर्काे हुनु। बारम्बार घटबढ भइरहने डिस्प्ले तथा फन्टको प्रयोगले यसको जोखिम बढाउँछ।

-अवैज्ञानिक कम्प्युटर कार्यक्षेत्रको संरचनामा कार्य गर्नु। जस्तै धेरै साँघुरो, अँध्यारो, हावा नलाग्ने, बस्ने कुुर्सी तथा कम्प्युटर राख्ने टेबलको असमञ्जस्यता, काम गर्दै जाँदा वरिपरिका प्रकाशका स्रोतबाट आउने अनावश्यक चम्किलो प्रकाश (ग्लेयर एन्ड रिफ्लेक्सन) आदि।

Ncell 2
Ncell 2
nimb
nimb

-सुख्खा वातावरणमा काम गर्नु तथा पर्याप्त मात्रामा पानीको सेवन नगर्ने व्यक्तिहरु।

-कम्प्युटरको डिजिटल स्क्रिनमा लामो समयसम्म एकोहोरो पढिरहनु। कम्प्युटरको मोनिटरमा देखिने अक्षर बिन्दुहरुको एक गतिशील सूचनाका आधारमा चल्ने हुनाले हाम्रो आखाँका सूक्ष्म मांसपेशीहरुलाई अत्यधिक थकान गराउँछ।

रोग लाग्ने प्रक्रिया :
-
आँखाको सतहमा (नानी तथा सेतो भाग) देखापर्ने परिवर्तन
- आँखाको दृष्टि सन्तुलनमा हुने नियमित गतिशीलतामा आउने परिवर्तन
- आँखाबाहेकको अरु भागमा आउने परिवर्तन। जस्तैः गर्दन, पिठ्यू दुख्ने

सामान्य लक्षण :
-दृष्टिसम्बन्धी समस्या :
-नियमित रुपमा धमिलो दृष्टि हुनु।
-कम्प्युटरमा धेरै समय नजिकको काम गरिसकेपछि तुरुन्त टाढाको वस्तु देख्नमा कष्ट पर्नु। 
-वस्तु देख्ने कार्यमा ढिलाइ हुनु। एक वस्तुको दृश्यमा दुई÷तीन वस्तु देखिनु।
-आवधिक रुपमा नजिक र टाढाको वस्तु देख्नमा कठिनाइ पर्नु।

Xtrem

Xtrem

आँखाको सतहसम्बन्धी अन्य समस्या :
-धेरैबेर कम्प्युटरमा काम गरिसकेपछि आँखाबाट आँसु आउनु।
-आँखामा सुख्खा महसुस हुनु, आँखा बिजाउनु।
-आँखाको थकावटको कारणले गर्दा टाउको दुख्नु, भारी महसुुस हुनु।
-विद्युतीय उपकरणबाट निस्कने उज्यालो प्रकाश सहन नसक्ने हुनु।
-मांसपेशी तथा शारीरिक दुखावट
-घाँटी तथा गर्दनको मांसपेशीमा दुखाइ हुनु।
-ढाडको दुखाइ हुनु।
-हातको औंला, हात–पाखुरा, नाडी तथा कुमको दुखाइ हुनु।

अन्य समस्या:
-शारीरिक थकावट, जकडाहट तथा तथा तनावपूर्ण समय व्यतित हुनु।
-झर्काे लाग्नु, आत्मविश्वासमा कमी आउनु, बारम्बार कार्यक्षेत्रमा गल्ती दोहोरिनु।
-कार्यभार बढ्दै जानु तथा त्यसबाट पर्ने मनोसामाजिक र आर्थिक समस्या।

रोगको पहिचान तथा निदान:
अवस्थाअनुसार रोगको निदान    
प्रथम चरण : बिरामीको दृष्टि परीक्षण तथा दृष्टि वातावरणको मूल्यांकन
-बिरामीको इतिवृत्ति
-बिरामीको दृष्टि परीक्षण
-प्रबल आँखा परीक्षण
-आँखामा आएको चिह्नको परीक्षण

द्वितीय चरण : आँखाको सही दृष्टिको पहिचान र सहयोगी चस्माबाट कमजोरीको उपचार

तृतीय चरण : दृष्टि प्रणालीको परीक्षण
-गतिशील दृष्टि परीक्षण

चौथो चरण : आँखाको समग्र परीक्षण
-आँखाको रङ छुट्याउने शक्तिको परीक्षण
-आँखाको ढकनी खोल्ने, चिम्लिने दरको परीक्षण
-आँखा सुख्खा भए नभएको परीक्षण

पाँचौ चरणः कार्यक्षेत्रको वातावरणीय परीक्षण
-प्रकाशको मात्रा पर्याप्त रहे/नरहेको परीक्षण
- विद्युतीय उपकरणबाट निस्कने चम्किलो प्रकाश तथा अन्य टल्किने प्रकाशको मात्रा– जस्तैः झ्यालबाट आउने प्रकाश)
- कार्यक्षेत्रमा कम्प्युटर तथा बसाइको व्यवस्थापन।

रोकथाम
-सकभर मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको लतबाट टाढा रहने।

-यदि हाम्रो पेसा नै कम्प्युटरसँग सम्बन्धित हो भने कम्प्युटरको बसाइलाई व्यवस्थापन गर्नु नै सबभन्दा ठूलो रोकथाम विधि हो। जस्तैः कामको बीचबीचमा आराम गर्ने, हिँडडुल गर्ने, आँखाको चिम्लने र खोल्ने गतिलाई नियमित र स्वाभाविक राख्ने, पानी तथा रसजन्य फलफूलको उपयोग गर्ने।

-यदि दृष्टिदोष नजिक अथवा टाढा नदेख्ने छ भने तुरुन्त उपयुक्त क्षमताको चस्मा लगाउने।

-पर्याप्त निद्रा, पोषण, शारीरिक व्यायाम तथा योग नियमित अबलम्वन गर्ने।

-पर्याप्त तथा सहज मात्रामा कम्प्युटर कार्य क्षेत्रमा प्रकाशको सन्तुलन कायम राख्ने। जस्तैः झ्याल–ढोका तथा बाहिरबाट कम्प्युटरको स्क्रिनमा सोझै पर्न जाने चम्किलो उज्यालोलाई कम गर्न झ्याल–ढोकाको सिसामा पर्दा तथा सिसामा हलुका मध्य पारदर्शी बनाउने।

- कम्प्युटरबाट हुने आँखाको थकान तथा समस्याबाट बच्नको लागि कुर्सीमा ९० डिग्रीको कोणमा आसन मिलाई बस्ने, यसरी कुर्सीमा बस्दा हातको र कम्प्युटर किप्याडको कोण १०० डिग्रीको हुनुपर्दछ। किबोर्डको उचाइ बस्ने मानिसको कुहिनोको भन्दा थोरै कम हुनुपर्दछ। यसरी बस्दा शरीर कुप्रो नबनाई, काम गर्दा हातको नाडी नखुम्चाई बस्नुपर्दछ।

कम्प्युटरमा काम गर्दा दुई घोडा र बस्ने आसनबीचको दूरी कम्तीमा पनि ६ इन्च र घोडा नखुम्चाई बस्नुपर्दछ। यसरी बसेको स्थानबाट कम्प्युटर स्क्रिन ३०-४० इन्च दूरीमा र स्क्रिनको र हाम्रो आँखाको कोण तल हेर्दा कम्तीमा पनि १५ डिग्रीको हुनुपर्दछ। यसरी मिलाएर बस्दा यसको जोखिम कम हुन्छ।

-सकभर कम्प्युटरमा काम गर्दा, फिल्डको कार्यक्षेत्रमा खटिँदा एन्टिग्लेयर चस्माको प्रयोग गर्ने।

-कम्प्युटर कार्यबाट नियमित आराम लिने। यदि कम्प्युटरमा लगातर काम गर्ने नै हो भने २०—२०–२० नियम लागू गर्ने। जसको अर्थ यदि लगातार कम्प्युटर काम गर्ने हो भने हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्डको आराम लिई २० फिट टाढाको वस्तु हेर्ने÷चियाउने नियम हो।

-आँखाको थकावटलाई कम महसुस गर्न पानीले भिजेको दुवै हातको हत्केला बेस्सरी रगडी हलकासँग आँखाको आँखीभौं र ढकनी वरिपरि मालिस गर्ने।

-आँखामा अत्यन्त जलन भएमा सुतीको कपडालाई चिसो पानीमा भिजाई आँखा छोप्नुपर्छ।

-धूमपान सेवन त्याग्ने तथा विषाक्त तथा प्रदूषित हावाबाट टाढै रहने।

-कार्यास्थल, अफिस वा घरमा एसी, पंखा जडान गरिएको छ भने बस्ने ठाउँको स्वभाविक आर्द्रता कायमै राख्न कोठामा मुख नछोपिएको भाँडोमा पानी राख्नुहोस् ताकि एसी, पंखा चल्दा स्वभाविक वाष्पीकरण भई आर्द्रता कायम राख्दछ।

आयुर्वेद चिकित्सा:
आयुर्वेद नेत्र विज्ञानमा भ्रुदोष (कम्प्युटर भिजन सिन्ड्रोम) रोगको अवस्थानुसार रोग तथा विकारको विश्लेषण गरी शोधन (विजातीय विकारलाई बाहिर ल्याउने उपचार विधि) तथा शमन (शरीरभित्रै विकारलाई नास गर्ने) चिकित्साको वर्णन गरिएको छ। विशेषगरी आँखाको चिकित्सामा क्रियाकल्प पद्धति छ। जसमा :

सेक– (नेत्र चिकित्सकको निगरानीमा औषधियुक्त त्रिफला, बला, यष्ठीमधु काढाले नेत्र प्रक्षालन गर्ने)
अवगुण्डन औषधिलाई (धान्यक, हरिद्रा, चिञ्चापत्र, शिग्रुपत्र, तुलसी पत्र, निर्गुण्डी पत्र) सफा सुतीको कपडामा पोकोपारी मनतातो त्रिफला आँखाको वरिपरि हलुका मालिस गर्ने चिकित्सा विधि)
आश्च्योतन– त्रिफला घृत औषधीय गुणयुक्त वनस्पतीलाई गाईको घिउमा निर्जीविकृत विधिद्वारा तयार पारिएको आँखामा राख्ने औषधि धारण गर्ने विधि)
पिण्डी– गुडुची पत्र तथा घृतकुमारीको गुदीबाट ( औषधीय ड्रेसिङ प्याड) बाट प्रारम्भिक अवस्थामा शीघ्र लाभ पुर्‍याउन सकिन्छ।

आयुर्वेदमा वर्णित त्रिफला, दारुहरिद्राबाट निर्मित आई ड्रप्स जस्तै अप्थाकेयर, आइटोनको प्रयोग गर्नाले प्रारम्भिक अवस्थामा हित गर्दछ।
त्यसैगरी रोगको शीघ्रतामा आधारित सर्वांग चिकित्सा पनि गर्न सकिन्छ। स्नेहपान, विरेचन तथा संसर्जन कर्म यसबाट मनोशारीरिक असर कम गर्न सकिन्छ।
षष्टिक शाली पिण्ड स्वेद, शिरोपिचु– बला अश्वगन्धा तैल, मुध्र्नी तैल, शिरोधारा– अश्वगन्धा बला तैल, सर्वाङ्ग अभ्यङ्ग (उपयुक्त दोपविवेचन पश्चात, वाष्प स्वेदबाट गर्दन तथा ढाड दुख्ने (एक्स्ट्रा अकुलर मेनिफेस्टेसन) मा लाभ पुर्‍याउँछ।

(नोटः यस किसिमको क्रियाकल्प चिकित्साद्वारा आयुर्वेद नेत्र चिकित्सकको प्रत्यक्ष निगरानीमा कम्प्युटर भिजन सिन्ड्रोमको प्रतिबन्धात्मक तथा उपचारात्मक चिकित्सा गरिन्छ।)

तस्बिर : अमेरिकन अप्टोमेट्रिक एसोसिएसनबाट

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्