• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'म काठमाडौंसँग डराउँथे'

64x64
नेपाल लाइभ बुधबार, असोज २२, २०७६  १७:५९
1140x725

काठमाडौं- ‘हिट’ हुने मनोविज्ञानले सबैलाई गाँजिरहेका बेला दाङका यज्ञबहादुर डाँगी तीन दशकदेखि गुपचुप कविता लेखिरहेका छन्।

कविता लेख्दै मिल्काउँदै गर्ने बानीका कारण उनका धेरै कविता भने छैनन्।आफूसँग जति कविता सँगालेका छन् ती उनका निम्ति मनप्रिय छन्। कवितामा फरक शैली निर्माण गर्न प्रयासरत उनी काठमाडौमा त्यति जम्न सकेका छैनन्। 

चर्चा, परिचर्चाको लोभ भन्दा परै रहेर सृजनाकर्म गरिरहेका डाँगी मोफसलमा बसेर कसरी कविता लेखिरहेका छन् त? दसैंको छेको पारेर उनीसँग नेपाल लाइभका रामकुमार डिसीले गरेको संवादः

अहिले कविता कतिको लेख्दै हुनुहुन्छ? 

अहिले त्यति लेखिएको छैन। 

व्यस्तताले हो कि विषय नभएर? 

लेख्ने विषय त हुन्छन् नै। तर, कहिलेकाँही कस्तो विषय लेख्ने भन्ने कुराले मथिङ्गल मच्चाउँछ। म साह्रै लेखेको लेख्यै गर्दिनँ। एक दुई महिनाका लेख्ने गर्छु। 

‘हिट’ हुने चाहना धेरैमा हुन्छ। त्यो उत्कृष्ट चाहना कविमा पनि हुन्छ। त्यसकै लागि कोही त दौडधुप पनि गर्छन्। तपाईंलाई त्यस्तो रहर जाग्दैन? 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसो पनि गर्ने छन्। तर, म त्यसो गर्दिनँ। मेरो सोचाइ अलि फरक छ। म ‘हिट’ हुने रहरले कतै दौडधुप गर्दिनँ। 

तपाईंलाई लेख्न के कस्ता विषयले उद्धेलित बनाउँछन्? 

कविमा दुई किसिमको चेतना हुन्छ। काल चेतना एउटा र  कला चेतना अर्को। दुई वटाको संयोजनबाट नै हो खासमा  कविता लेख्ने भनेको। यी दुईटाको तालमेल मिलाएर लेख्न सकिए मात्रै राम्रो श्रृजना हुन्छ जस्तो मलाई लाग्छ। लेख्न त बियरको बोतलका बारेमा पनि लेख्न सकिन्छ। मोबाइल मात्रै पनि लेखनको विषय हुन सक्छ।  

होटेलका विषयमा लेख्न सकिने भयो। तपाईंसँग भेट भयो, यही बारेमा पनि त लेख्न सकिन्छ। 

मैले जनयुद्धपछिको कविताहरू लेखेको छु। एक हिसावले त्यहाँ स्थितिको वर्णन छ। 
रमेश क्षितिज मगर भन्ने एकजना श्रष्टा हुनुहुन्छ। उहाँ कमाण्डर पनि हो। अघिल्लो वर्ष उहाँले इच्छुक साहित्य पुरस्कार पाउनुभयो। उहाँ रुनु भयो। जनयुद्धमा हामी लड्यौं तर अहिले पेट पाल्नै पर्ने बाध्यताले श्रमिक बनेर काम गरिरहेको छु भनेर गुनासो पोख्नुभयो। 

अब हामीले यसबारे कसरी लेख्ने? मैले उहाँको त्यो मनस्थितिलाई पक्रेर लखेको छु। हिजोका थुप्रै घाउ छन् त्यसबारे लेख्ने कि नलेख्ने? हिजोका कमाण्डरहरू अहिले गिट्टी फोडेर खाइरहेका छन्। 
सहिदका जहान(परिवार)हरूले यहाँ गिट्टी फोडेर खाइरहेका छन्। ती विषयमा लेखेको छु मैले। 

जथाभावी लेखेर हुँदैन। कसैले भन्छन्–लेख्न सजिलो छ। म भन्छु–लेख्न अप्ठ्यारो छ। किनभने नेपाली व्याकरणसित यसको व्याकरण मिल्दैन। यसको आफ्नै व्याकरण छ। जसलाई हामी काब्य भाषा भन्छौं। यी सबै मिलाएर लेख्न गाह्रो छ। 

तपाईं कति वर्षको हुँदा पहिलो कविता लेख्नु भएको थियो। त्यो के बारेमा थियो? 

कविताको शीर्षक ठ्याक्कै के लेखेको थिएँ बिर्सिएँ। २०३६ सालमा पोखरा पढ्दा मैले कविता लेखेको थिएँ। त्यतिबेला म २६ वर्षको थिएँ। त्यसबेला ममा कविता लेख्ने चेतना जागृत भैसकेको थियो। त्यसो त म ७ /८ कक्षामा पढ्दा पनि लेख्थेँ। 

नेत्रलाल अभागी नारायणपुर स्कुलको हेडमास्टर हुनुहुन्थ्यो। हामी पढ्थ्यौं। 

प्रत्येक शुक्रबार गोष्ठी हुन्थ्यो। त्यहाँ उहाँ हामीलाई कविता सुनाउनुहुन्थ्यो। त्यतिखेर पञ्चायती व्यवस्था भएकाले त्यति खुला रुपमा त कुरा हुँदैन्थ्यो तर बुझ्नेले कुरा गर्थे। 

साहित्य सिर्जनामा परिवारबाट पनि अरु कोही हुनुहुन्थ्यो? 

स्कुलमा पढ्दा मेरो ठूलो दाइले लेख्नुहुन्थ्यो। तर, पछि उहाँ राजनीतिमा बढी लाग्नुभयो। पार्टीले उहाँलाई परिवारबाट छुट्याएर अलगै राख्यो। त्यसपछि घरपरिवारको रेखदेख गर्ने जिम्मेवारी मेरै काँधमा आयो। त्यसपछि म राजनीतिमा लाग्न पाइनँ। 

भाइहरूलाई पढाउनका लागि शिक्षक हुनुपर्ने अवस्था आयो। रोल्पा सर्पालको एउटा स्कुलमा मैले ३५ सालसम्म त्यहाँ पढाएँ। मैले गणित विषय पढाउथेँ। 

रोल्पाबाट फर्किएर मैले दाङमा आएर पढाएँ। २०७० सालमा म शिक्षण पेसाबाट रिटार्यड भएँ।एकातिर अंकहरूसँग खेल्नुपर्ने विषय पढाउनुभयो अर्कोतिर साहित्य श्रृजना छ। यी दुईबीचमा अलि विरोधाभास छैन? 

कुनै पनि विषयले साहित्यलाई गाह्रो पार्छ जस्तो मलाई चाहिँ लाग्दैन। एउटा डाक्टरले पनि लेख्न सक्छ। कैयौं डाक्टर छन् जसले कविता लेखेका छन्। श्रृजना गर्छन्। 

नेपाली विषय लिएर पढेकाहरू बरु लेख्दैनन्। नेपाली साहित्यमा एमए गरेका धेरै छन् तर अधिकांशले श्रृजना गर्दैनन्। त्यसैले साहित्य पढेकाले मात्रै श्रृजना गर्छन् भन्ने छैन। 
कविता कस्तो लेख्नुपर्छ? कवितालाई कसरी शक्तिशाली र सुन्दर बनाउनुपर्छ भनेर ४ घण्टा पढाउन सक्नेहरू छन्। तर, उनीहरूले कविता लेख्न सक्दैनन्। 

आजसम्म कति लेखियो त कविता? 

हाइस्कुलसम्म धेरै कविता लेखियो। कविताबारे बुझ्दै जाँदा खास कविता त नलेखिँदो रहेछ, कविताजस्तो पो लेखिँदो रहेछ भन्ने महसुस भयो। पहिले कविता जस्तो जस्तो लेखिँदो रहेछ,  अनि बल्ल कविता लेखिँदो रहेछ। ‘कविता जस्तो जस्तो’ कविताहरू  मिल्काइयो। 
अहिले त मसँग मौजाद कविता करिब ५५ वटा जति मात्रै होलान।

तपाईंका कविताका ‘कन्टेन्ट’ के हुन्? 

वर्ग संघर्षमा आधारित र समाजमा विद्यमान अन्तरविरोधहरूमा रहेर नै लेख्न म चाहन्छु। साहित्यलाई समाजको दर्पण भन्ने फ्रान्सेलीहरुको पुरानो धारणा हो। 

मलाई साहित्य समाजको दर्पण मात्रै होइन जस्तो लाग्छ। 

साहित्य भनेको यथार्थको कलात्मक प्रतिबिम्बन हो। यर्थाथ प्रतिबिम्बन मात्रै होइन कलात्मक प्रतिबिम्बन हो। समाजको दपर्णको आधारमा मात्रै साहित्य सिर्जना गरिन्छ भने त्यो सत्यसँग मात्रै सम्बन्धित हुन्छ। 

साहित्यले सत्यसित मात्रै सम्बन्ध राख्ने होइन। यसले सत्य, शिवम् र सुन्दरम्सँग सम्बन्ध राख्नुपर्छ। यी तीनवटा मूल्यलाई साहित्यमा वा काब्यमा समावेश गर्नका लागि यर्थाथको कलात्मक प्रतिबिम्बन हुन जरुरी छ। दपर्णले के गर्छ भने जस्तो समाज छ त्यो मात्रै ठ्याक्कै राखिदिन्छ। जस्तो छ त्यस्तो मात्रै होइन कस्तो हुनुपर्छ भन्ने कुरा पनि त चाहियो नि त कवितामा। 

कविले धर्म छोड्ने खतरा पनि हुन्छ होला। तपाईं आफंैलाई चाहिँ यस्तो डर लाग्छ कि लाग्दैन?
मलाई त्यस्तो डर लाग्दैन। म जुन आस्थामा छु त्यसमा अडिराख्छु। त्यस्तो गर्नेहरू पनि छन्। मलाई उनीहरूप्रति घृणा जाग्छ। भूपि शेरचनले पनि आफ्नो जीवनको उत्तराद्र्धतिर त्यस्तो बिचलन देखाएका थिए। 

उनीहरू कुन वर्गबाट आए भन्ने कुराले पनि यसमा अर्थ राख्ने रहेछ। किनभने मान्छे आफ्नो वर्गीय चरित्र त सँगसँगै बोकेर हिँड्छ। 
अहिले दाङका जति पनि कम्युनिष्ट नेताहरू छन् ती सबै जमिनदारका सन्तान हुन्। त्यसैले उनीहरू सामन्ती प्रवृत्ति बोकेर हिँडेका छन्। 

मान्छेको स्वभाव नै हो कि अरुले आफूलाई राम्रो भनिदिऊन, गुणगान गाइदिऊन् भन्ने। त्यो मोहले तपाईंलाई कत्तिको प्रभावित पार्छ?

साँच्चै भन्ने हो भने म काठमाडौंसँग डराउँथे। म त दाङको मान्छे। काठमाडौंका मान्छेहरू कविता पनि राम्रा लेख्छन्। विचारमा पनि उनीहरू अघि छन् भन्ने मलाई लाग्थ्यो। 

काठमाडौंचाहिँ कहिले जानुभयो? 

२०४६/२०४७ सालतिर होला। घण्टाघरमा एउटा कार्यक्रम थियो। त्यहाँ अम्मर गिरी र म गएका थियौं। त्यहाँ मैले एउटा कविता वाचन गरेको थिएँ। मैले ‘यात्रा जारी छ’ भन्ने कविता वाचन गरेको थिएँ। त्यसको राम्रो प्रशंसा भएको थियो। 

त्यो कविता मैले दाङमा पनि पाठ गरेको थिएँ। आहुति आउनु भएको थियो। उहाँले मेरो कविता र वाचनबारे समीक्षा गर्दै  मेरो कवितालाई उच्चस्तरको कविता भन्नु भएको थियो। 

एक पटक पर्शु प्रधान पनि दाङ आउनुभएको थियो। मेलै ‘माघे थारु’ भन्ने कविता वाचन गरेको थिएँ। उहाँले पनि माघे थारु एकदमै राम्रो कविता भन्नु भएको थियो।

त्यसपछि मलाई केन्द्रीय स्तरको कवि भनेर भन्न थाले। कलम भन्ने पत्रिका निस्किन्थ्यो। म त्योसँग जोडिएको थिएँ। जनयुद्ध भएपछि २०५४ सालमा हो, इटहरीमा कलम साहित्यक परिवारले वृहत्तर गोष्ठी आयोजना गरेको थियो। दाङबाट अतिथि कविमा मलाई बोलाएको थियो। त्यहाँ पनि मेरा कविताले राम्रै प्रशंसा पाएको थियोण्। 

अम्मर गिरीले मलाई के भन्नुहुन्थ्यो भने, ‘तपाईं साँच्चिकै कवि हो। अरु बनाइएका कवि हुन्, तपाई कविताले बनाइएको कवि हो।’ 

केन्द्रसँग म लड्न सक्छु भन्ने हिम्मत हुँदाहुँदै पनि तपाईं किन डराउनु भयो? 

जति साथी केन्द्रमा पुग्नु भएको छ उहाँहरूले राजनीतिको फेरो समाउनुभयो। राजनीतिमा कसलाई पकडेपछि माथि जान सकिन्छ भन्नेमा म कहिले पनि लागिनँ। 

म पनि केन्द्रमा हुनुपर्ने हो भन्ने लाग्छ कि लाग्दैन?
त्यो मलाई लाग्दैन। मेरो पहुँच पनि छैन। पहुँच नभए त्यहाँ गइन्न। असम्भव कुरामा म चाहाना पनि राख्दिनँ। 

मोफसलमा बसेर साहित्य श्रृजना गर्दा केन्द्रमा पहुँच राख्न सकिने अवस्था छ कि छैन। तपाईंले कस्तो महसुस गर्नु भएको छ? 

मलाई चाहिँ केन्द्रले मान्छ। दाङमा साहित्यसम्बन्धी कुनै कार्यक्रम हुने भए त्यहाँ मलाई निम्त्याउन छाड्दैनन्। एकपटक कवि तथा लेखक संगीत श्रोता यहाँ आउनु भएको थियो। उहाँ आएका बेला मैले एउटा समीक्षा गरेको थिएँ। उहाँले मेरो समीक्षा राम्रो मान्नुभयो। काव्य चेतना मात्रै होइन समीक्षा चेतना पनि अलिकित विकास गर्न म खौज्दै छु। 

तर, मिडियामा खासै तपाईंले स्थान पाएको देखिन्न नि? 

यो कुरा मलाई भन्दा पनि लेखक नवीन विभासलाई राम्रोसँग थाहा छ। उहाँले मेरो बारे चिन्ता गर्नुहुन्छ। ‘तपाईं किन ओझेलमा परिरहेको होला’ भनेर। दाङका साथीहरूले पनि त्यस्तै भन्छन्। मिडियामा अलि ओझेलमै परेको छु। 

तपाईं आफैंले पनि पहल नगरेर हो कि? 

म मिडियामा धाउँदै नहिँडेको चाहिँ हो। यहाँ नाता, सम्बन्ध हरेकले काम गर्छन्। म त्यसलाई प्रयोग गरेर चर्चामा आउन चाहन्नँ। 

दाङमा साहित्यिक कार्यक्रमहरू कत्तिको हुन्छन्? 

यहाँ साहित्यिक गतिविधि राम्रै हुन्छन् । राप्ति साहित्य परिषद्ले गरिरहेको हुन्छ। हरेक महिना रचना वाचन र छन्द कविता लेखनबारे कार्यक्रम हुन्छ। त्यस्तै कृतिहरूको समीक्षा गर्ने कार्यक्रम पनि हुन्छ। केन्द्रमा दाङको राम्रै छ। पहिलेकै सक्रियताले काम गरिरहेको छ। 

कविता बाहेक केही लेख्नुहुन्छ? 

मुलतः म कवितै लेख्छु। समीक्षा लेखिदिनुर्‍यो भनेपछि एक÷द्ुईवटा लेखेको छु। त्यो बाहेक खासै लेखेको छैन। तर, अब समीक्षा पनि लेख्नुपर्छ भन्ने सोच बनाइरहेको छु। 

तपाईंको कविता लेखनको ‘क्राफ्ट’ के हो? 

म कवितलाई कला भन्छु। त्यसमा पनि यो बिम्बरुपी कला हो। बिम्बात्मक लेखनलाई मैले मान्छु। गद्य लेखन छ त्यस्तो कविता मलाई त्यति मन पर्दैनँ। त्यसका लागि त निबन्ध लेखे भइगो। 

तपाईंले अहिलेसम्म लेखेको कविताहरूमध्ये एकदमै मन परेको र यो चाहिँ जलाए पनि हुन्छ भन्ने खालेको केही छ?

त्यस्ता छन्। ‘शान्तिको कुरा नगर’, ‘माघे थारु’, ‘यात्रा जारी छ’ लगायत कविता मलाई मन पर्ने कविता हुन्। सबै कविताचाहिँ राम्रा छैनन्। हुँदैनन् पनि। 

कविता लेखनबाट तपाईं कहिले ‘रिटार्यड’ हुने? 

थाक्ने भन्ने कुरा हुँदैन। तर, कहिले कहिले विषयवस्तु नभेटाइरहेको अवस्था पनि हुन्छ। त्यो मलाई मात्रै होइन सबैलाई हुन्छ। कहिलेकाँही विषय भेटाइराखिएको हुन्छ तर लेखि राखिएको हुँदैन। हिँड्दा हिँड्दै ठ्याक्कै शब्द तयार भएको हुन्छ। त्यसलाई डायरीमा टिप्ने हो भने कवितमा काम लाग्ने रहेछ। पहिले मैले त्यो गरिनँ। अहिले गरिरहेको छु। 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय मंगलबार, जेठ १९, २०८३
नेपालले भारतको भूभाग मिचेको प्रधानमन्त्रीको भनाइमा सरकारले दियो प्रस्टीकरण मंगलबार, जेठ १९, २०८३
भूमि समस्या समाधान आयोगको अध्यक्षमा बास्तोला नियुक्त मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्