• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'म काठमाडौंसँग डराउँथे'

64x64
नेपाल लाइभ बुधबार, असोज २२, २०७६  १७:५९
1140x725

काठमाडौं- ‘हिट’ हुने मनोविज्ञानले सबैलाई गाँजिरहेका बेला दाङका यज्ञबहादुर डाँगी तीन दशकदेखि गुपचुप कविता लेखिरहेका छन्।

कविता लेख्दै मिल्काउँदै गर्ने बानीका कारण उनका धेरै कविता भने छैनन्।आफूसँग जति कविता सँगालेका छन् ती उनका निम्ति मनप्रिय छन्। कवितामा फरक शैली निर्माण गर्न प्रयासरत उनी काठमाडौमा त्यति जम्न सकेका छैनन्। 

चर्चा, परिचर्चाको लोभ भन्दा परै रहेर सृजनाकर्म गरिरहेका डाँगी मोफसलमा बसेर कसरी कविता लेखिरहेका छन् त? दसैंको छेको पारेर उनीसँग नेपाल लाइभका रामकुमार डिसीले गरेको संवादः

अहिले कविता कतिको लेख्दै हुनुहुन्छ? 

अहिले त्यति लेखिएको छैन। 

व्यस्तताले हो कि विषय नभएर? 

लेख्ने विषय त हुन्छन् नै। तर, कहिलेकाँही कस्तो विषय लेख्ने भन्ने कुराले मथिङ्गल मच्चाउँछ। म साह्रै लेखेको लेख्यै गर्दिनँ। एक दुई महिनाका लेख्ने गर्छु। 

‘हिट’ हुने चाहना धेरैमा हुन्छ। त्यो उत्कृष्ट चाहना कविमा पनि हुन्छ। त्यसकै लागि कोही त दौडधुप पनि गर्छन्। तपाईंलाई त्यस्तो रहर जाग्दैन? 

nimb
nimb

त्यसो पनि गर्ने छन्। तर, म त्यसो गर्दिनँ। मेरो सोचाइ अलि फरक छ। म ‘हिट’ हुने रहरले कतै दौडधुप गर्दिनँ। 

तपाईंलाई लेख्न के कस्ता विषयले उद्धेलित बनाउँछन्? 

कविमा दुई किसिमको चेतना हुन्छ। काल चेतना एउटा र  कला चेतना अर्को। दुई वटाको संयोजनबाट नै हो खासमा  कविता लेख्ने भनेको। यी दुईटाको तालमेल मिलाएर लेख्न सकिए मात्रै राम्रो श्रृजना हुन्छ जस्तो मलाई लाग्छ। लेख्न त बियरको बोतलका बारेमा पनि लेख्न सकिन्छ। मोबाइल मात्रै पनि लेखनको विषय हुन सक्छ।  

होटेलका विषयमा लेख्न सकिने भयो। तपाईंसँग भेट भयो, यही बारेमा पनि त लेख्न सकिन्छ। 

मैले जनयुद्धपछिको कविताहरू लेखेको छु। एक हिसावले त्यहाँ स्थितिको वर्णन छ। 
रमेश क्षितिज मगर भन्ने एकजना श्रष्टा हुनुहुन्छ। उहाँ कमाण्डर पनि हो। अघिल्लो वर्ष उहाँले इच्छुक साहित्य पुरस्कार पाउनुभयो। उहाँ रुनु भयो। जनयुद्धमा हामी लड्यौं तर अहिले पेट पाल्नै पर्ने बाध्यताले श्रमिक बनेर काम गरिरहेको छु भनेर गुनासो पोख्नुभयो। 

अब हामीले यसबारे कसरी लेख्ने? मैले उहाँको त्यो मनस्थितिलाई पक्रेर लखेको छु। हिजोका थुप्रै घाउ छन् त्यसबारे लेख्ने कि नलेख्ने? हिजोका कमाण्डरहरू अहिले गिट्टी फोडेर खाइरहेका छन्। 
सहिदका जहान(परिवार)हरूले यहाँ गिट्टी फोडेर खाइरहेका छन्। ती विषयमा लेखेको छु मैले। 

जथाभावी लेखेर हुँदैन। कसैले भन्छन्–लेख्न सजिलो छ। म भन्छु–लेख्न अप्ठ्यारो छ। किनभने नेपाली व्याकरणसित यसको व्याकरण मिल्दैन। यसको आफ्नै व्याकरण छ। जसलाई हामी काब्य भाषा भन्छौं। यी सबै मिलाएर लेख्न गाह्रो छ। 

तपाईं कति वर्षको हुँदा पहिलो कविता लेख्नु भएको थियो। त्यो के बारेमा थियो? 

कविताको शीर्षक ठ्याक्कै के लेखेको थिएँ बिर्सिएँ। २०३६ सालमा पोखरा पढ्दा मैले कविता लेखेको थिएँ। त्यतिबेला म २६ वर्षको थिएँ। त्यसबेला ममा कविता लेख्ने चेतना जागृत भैसकेको थियो। त्यसो त म ७ /८ कक्षामा पढ्दा पनि लेख्थेँ। 

नेत्रलाल अभागी नारायणपुर स्कुलको हेडमास्टर हुनुहुन्थ्यो। हामी पढ्थ्यौं। 

प्रत्येक शुक्रबार गोष्ठी हुन्थ्यो। त्यहाँ उहाँ हामीलाई कविता सुनाउनुहुन्थ्यो। त्यतिखेर पञ्चायती व्यवस्था भएकाले त्यति खुला रुपमा त कुरा हुँदैन्थ्यो तर बुझ्नेले कुरा गर्थे। 

साहित्य सिर्जनामा परिवारबाट पनि अरु कोही हुनुहुन्थ्यो? 

स्कुलमा पढ्दा मेरो ठूलो दाइले लेख्नुहुन्थ्यो। तर, पछि उहाँ राजनीतिमा बढी लाग्नुभयो। पार्टीले उहाँलाई परिवारबाट छुट्याएर अलगै राख्यो। त्यसपछि घरपरिवारको रेखदेख गर्ने जिम्मेवारी मेरै काँधमा आयो। त्यसपछि म राजनीतिमा लाग्न पाइनँ। 

भाइहरूलाई पढाउनका लागि शिक्षक हुनुपर्ने अवस्था आयो। रोल्पा सर्पालको एउटा स्कुलमा मैले ३५ सालसम्म त्यहाँ पढाएँ। मैले गणित विषय पढाउथेँ। 

रोल्पाबाट फर्किएर मैले दाङमा आएर पढाएँ। २०७० सालमा म शिक्षण पेसाबाट रिटार्यड भएँ।एकातिर अंकहरूसँग खेल्नुपर्ने विषय पढाउनुभयो अर्कोतिर साहित्य श्रृजना छ। यी दुईबीचमा अलि विरोधाभास छैन? 

कुनै पनि विषयले साहित्यलाई गाह्रो पार्छ जस्तो मलाई चाहिँ लाग्दैन। एउटा डाक्टरले पनि लेख्न सक्छ। कैयौं डाक्टर छन् जसले कविता लेखेका छन्। श्रृजना गर्छन्। 

नेपाली विषय लिएर पढेकाहरू बरु लेख्दैनन्। नेपाली साहित्यमा एमए गरेका धेरै छन् तर अधिकांशले श्रृजना गर्दैनन्। त्यसैले साहित्य पढेकाले मात्रै श्रृजना गर्छन् भन्ने छैन। 
कविता कस्तो लेख्नुपर्छ? कवितालाई कसरी शक्तिशाली र सुन्दर बनाउनुपर्छ भनेर ४ घण्टा पढाउन सक्नेहरू छन्। तर, उनीहरूले कविता लेख्न सक्दैनन्। 

आजसम्म कति लेखियो त कविता? 

हाइस्कुलसम्म धेरै कविता लेखियो। कविताबारे बुझ्दै जाँदा खास कविता त नलेखिँदो रहेछ, कविताजस्तो पो लेखिँदो रहेछ भन्ने महसुस भयो। पहिले कविता जस्तो जस्तो लेखिँदो रहेछ,  अनि बल्ल कविता लेखिँदो रहेछ। ‘कविता जस्तो जस्तो’ कविताहरू  मिल्काइयो। 
अहिले त मसँग मौजाद कविता करिब ५५ वटा जति मात्रै होलान।

तपाईंका कविताका ‘कन्टेन्ट’ के हुन्? 

वर्ग संघर्षमा आधारित र समाजमा विद्यमान अन्तरविरोधहरूमा रहेर नै लेख्न म चाहन्छु। साहित्यलाई समाजको दर्पण भन्ने फ्रान्सेलीहरुको पुरानो धारणा हो। 

मलाई साहित्य समाजको दर्पण मात्रै होइन जस्तो लाग्छ। 

साहित्य भनेको यथार्थको कलात्मक प्रतिबिम्बन हो। यर्थाथ प्रतिबिम्बन मात्रै होइन कलात्मक प्रतिबिम्बन हो। समाजको दपर्णको आधारमा मात्रै साहित्य सिर्जना गरिन्छ भने त्यो सत्यसँग मात्रै सम्बन्धित हुन्छ। 

साहित्यले सत्यसित मात्रै सम्बन्ध राख्ने होइन। यसले सत्य, शिवम् र सुन्दरम्सँग सम्बन्ध राख्नुपर्छ। यी तीनवटा मूल्यलाई साहित्यमा वा काब्यमा समावेश गर्नका लागि यर्थाथको कलात्मक प्रतिबिम्बन हुन जरुरी छ। दपर्णले के गर्छ भने जस्तो समाज छ त्यो मात्रै ठ्याक्कै राखिदिन्छ। जस्तो छ त्यस्तो मात्रै होइन कस्तो हुनुपर्छ भन्ने कुरा पनि त चाहियो नि त कवितामा। 

कविले धर्म छोड्ने खतरा पनि हुन्छ होला। तपाईं आफंैलाई चाहिँ यस्तो डर लाग्छ कि लाग्दैन?
मलाई त्यस्तो डर लाग्दैन। म जुन आस्थामा छु त्यसमा अडिराख्छु। त्यस्तो गर्नेहरू पनि छन्। मलाई उनीहरूप्रति घृणा जाग्छ। भूपि शेरचनले पनि आफ्नो जीवनको उत्तराद्र्धतिर त्यस्तो बिचलन देखाएका थिए। 

उनीहरू कुन वर्गबाट आए भन्ने कुराले पनि यसमा अर्थ राख्ने रहेछ। किनभने मान्छे आफ्नो वर्गीय चरित्र त सँगसँगै बोकेर हिँड्छ। 
अहिले दाङका जति पनि कम्युनिष्ट नेताहरू छन् ती सबै जमिनदारका सन्तान हुन्। त्यसैले उनीहरू सामन्ती प्रवृत्ति बोकेर हिँडेका छन्। 

मान्छेको स्वभाव नै हो कि अरुले आफूलाई राम्रो भनिदिऊन, गुणगान गाइदिऊन् भन्ने। त्यो मोहले तपाईंलाई कत्तिको प्रभावित पार्छ?

साँच्चै भन्ने हो भने म काठमाडौंसँग डराउँथे। म त दाङको मान्छे। काठमाडौंका मान्छेहरू कविता पनि राम्रा लेख्छन्। विचारमा पनि उनीहरू अघि छन् भन्ने मलाई लाग्थ्यो। 

काठमाडौंचाहिँ कहिले जानुभयो? 

२०४६/२०४७ सालतिर होला। घण्टाघरमा एउटा कार्यक्रम थियो। त्यहाँ अम्मर गिरी र म गएका थियौं। त्यहाँ मैले एउटा कविता वाचन गरेको थिएँ। मैले ‘यात्रा जारी छ’ भन्ने कविता वाचन गरेको थिएँ। त्यसको राम्रो प्रशंसा भएको थियो। 

त्यो कविता मैले दाङमा पनि पाठ गरेको थिएँ। आहुति आउनु भएको थियो। उहाँले मेरो कविता र वाचनबारे समीक्षा गर्दै  मेरो कवितालाई उच्चस्तरको कविता भन्नु भएको थियो। 

एक पटक पर्शु प्रधान पनि दाङ आउनुभएको थियो। मेलै ‘माघे थारु’ भन्ने कविता वाचन गरेको थिएँ। उहाँले पनि माघे थारु एकदमै राम्रो कविता भन्नु भएको थियो।

त्यसपछि मलाई केन्द्रीय स्तरको कवि भनेर भन्न थाले। कलम भन्ने पत्रिका निस्किन्थ्यो। म त्योसँग जोडिएको थिएँ। जनयुद्ध भएपछि २०५४ सालमा हो, इटहरीमा कलम साहित्यक परिवारले वृहत्तर गोष्ठी आयोजना गरेको थियो। दाङबाट अतिथि कविमा मलाई बोलाएको थियो। त्यहाँ पनि मेरा कविताले राम्रै प्रशंसा पाएको थियोण्। 

अम्मर गिरीले मलाई के भन्नुहुन्थ्यो भने, ‘तपाईं साँच्चिकै कवि हो। अरु बनाइएका कवि हुन्, तपाई कविताले बनाइएको कवि हो।’ 

केन्द्रसँग म लड्न सक्छु भन्ने हिम्मत हुँदाहुँदै पनि तपाईं किन डराउनु भयो? 

जति साथी केन्द्रमा पुग्नु भएको छ उहाँहरूले राजनीतिको फेरो समाउनुभयो। राजनीतिमा कसलाई पकडेपछि माथि जान सकिन्छ भन्नेमा म कहिले पनि लागिनँ। 

म पनि केन्द्रमा हुनुपर्ने हो भन्ने लाग्छ कि लाग्दैन?
त्यो मलाई लाग्दैन। मेरो पहुँच पनि छैन। पहुँच नभए त्यहाँ गइन्न। असम्भव कुरामा म चाहाना पनि राख्दिनँ। 

मोफसलमा बसेर साहित्य श्रृजना गर्दा केन्द्रमा पहुँच राख्न सकिने अवस्था छ कि छैन। तपाईंले कस्तो महसुस गर्नु भएको छ? 

मलाई चाहिँ केन्द्रले मान्छ। दाङमा साहित्यसम्बन्धी कुनै कार्यक्रम हुने भए त्यहाँ मलाई निम्त्याउन छाड्दैनन्। एकपटक कवि तथा लेखक संगीत श्रोता यहाँ आउनु भएको थियो। उहाँ आएका बेला मैले एउटा समीक्षा गरेको थिएँ। उहाँले मेरो समीक्षा राम्रो मान्नुभयो। काव्य चेतना मात्रै होइन समीक्षा चेतना पनि अलिकित विकास गर्न म खौज्दै छु। 

तर, मिडियामा खासै तपाईंले स्थान पाएको देखिन्न नि? 

यो कुरा मलाई भन्दा पनि लेखक नवीन विभासलाई राम्रोसँग थाहा छ। उहाँले मेरो बारे चिन्ता गर्नुहुन्छ। ‘तपाईं किन ओझेलमा परिरहेको होला’ भनेर। दाङका साथीहरूले पनि त्यस्तै भन्छन्। मिडियामा अलि ओझेलमै परेको छु। 

तपाईं आफैंले पनि पहल नगरेर हो कि? 

म मिडियामा धाउँदै नहिँडेको चाहिँ हो। यहाँ नाता, सम्बन्ध हरेकले काम गर्छन्। म त्यसलाई प्रयोग गरेर चर्चामा आउन चाहन्नँ। 

दाङमा साहित्यिक कार्यक्रमहरू कत्तिको हुन्छन्? 

यहाँ साहित्यिक गतिविधि राम्रै हुन्छन् । राप्ति साहित्य परिषद्ले गरिरहेको हुन्छ। हरेक महिना रचना वाचन र छन्द कविता लेखनबारे कार्यक्रम हुन्छ। त्यस्तै कृतिहरूको समीक्षा गर्ने कार्यक्रम पनि हुन्छ। केन्द्रमा दाङको राम्रै छ। पहिलेकै सक्रियताले काम गरिरहेको छ। 

कविता बाहेक केही लेख्नुहुन्छ? 

मुलतः म कवितै लेख्छु। समीक्षा लेखिदिनुर्‍यो भनेपछि एक÷द्ुईवटा लेखेको छु। त्यो बाहेक खासै लेखेको छैन। तर, अब समीक्षा पनि लेख्नुपर्छ भन्ने सोच बनाइरहेको छु। 

तपाईंको कविता लेखनको ‘क्राफ्ट’ के हो? 

म कवितलाई कला भन्छु। त्यसमा पनि यो बिम्बरुपी कला हो। बिम्बात्मक लेखनलाई मैले मान्छु। गद्य लेखन छ त्यस्तो कविता मलाई त्यति मन पर्दैनँ। त्यसका लागि त निबन्ध लेखे भइगो। 

तपाईंले अहिलेसम्म लेखेको कविताहरूमध्ये एकदमै मन परेको र यो चाहिँ जलाए पनि हुन्छ भन्ने खालेको केही छ?

त्यस्ता छन्। ‘शान्तिको कुरा नगर’, ‘माघे थारु’, ‘यात्रा जारी छ’ लगायत कविता मलाई मन पर्ने कविता हुन्। सबै कविताचाहिँ राम्रा छैनन्। हुँदैनन् पनि। 

कविता लेखनबाट तपाईं कहिले ‘रिटार्यड’ हुने? 

थाक्ने भन्ने कुरा हुँदैन। तर, कहिले कहिले विषयवस्तु नभेटाइरहेको अवस्था पनि हुन्छ। त्यो मलाई मात्रै होइन सबैलाई हुन्छ। कहिलेकाँही विषय भेटाइराखिएको हुन्छ तर लेखि राखिएको हुँदैन। हिँड्दा हिँड्दै ठ्याक्कै शब्द तयार भएको हुन्छ। त्यसलाई डायरीमा टिप्ने हो भने कवितमा काम लाग्ने रहेछ। पहिले मैले त्यो गरिनँ। अहिले गरिरहेको छु। 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
अब जलवायु परिवर्तनबारे सगरमाथा संवादमा विश्वका ठूला नेता र जलवायु विज्ञलाई बोलाएर छलफल गर्नुपर्छ : एमाले अध्यक्ष ओली
बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता सोमबार, भदौ १५, २०८३
अब जलवायु परिवर्तनबारे सगरमाथा संवादमा विश्वका ठूला नेता र जलवायु विज्ञलाई बोलाएर छलफल गर्नुपर्छ : एमाले अध्यक्ष ओली सोमबार, भदौ १५, २०८३
बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री सोमबार, भदौ १५, २०८३
बालेनले निजी फेसबुक अकाउन्टमा सरकारी कामको जानकारी दिएकोमा कटाक्ष सोमबार, भदौ १५, २०८३
रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्