काठमाडौ– पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले १३४ रनको लक्ष्य पाएको छ। १९.३ ओभरमा १३३ रनमै नेदरल्याण्ड्सलाई अल आउट गर्न सफल भएपछि नेपालले मध्यम लक्ष्य पाएको हो । नेदरल्याण्डलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेको योगदान उत्कृष्ट रह्यो । करन केसी र लामिछानेले व्यक्तिगत ४÷४ विकेट लिएपछि नेदरल्याण्ड्सको टोलीलाई १३३ रनमै सिमित भएको हो ।
यसअघि आइतबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए । नेपालले जवाफी ब्याटिङ शुरु गरेकाे छ । नेपालले ६ आेभरकाे खेल सकिदाँ एक विकेट गुमाएकाे छ । नेपालले पहिलाे विकेटकाे रुपमा पवन सर्राफलाइ गुमाएकाे छ । क्रिजमा कप्तान पारस खड्का र आरिफ शेख रहेका छन् ।
सन्दिप र करणको को चार/चार विकेट
पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा सन्दीप लामिछाने र करण केसीले व्यक्तिगत चार विकेट लिएका छन् ।
सन्दिपले ४ ओभरको स्पेलमा २० रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सका टोबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नो पहिलो बलमै बोल्ड गरेका थिए । दोस्रो ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनको अवस्थामा आउट गरेका थिए ।
दोस्रो विकेटका रुपमा ओदाउदलाई १५औँ ओभरको दोस्रो बलमा पेभेलियन फर्काएका हुन् ।
तेस्रो र चौथो विकेट उनले १८ औँ ओभरमा लिएका हुन् । १८ औँ ओभरको दोस्रो बलमा भ्यान डर मर्वे र चौथो बलमा स्नेटरलाई आउट गरेका हुन् ।
उनको पहिलो विकेट बोल्डका रुपमा आएको थियो भने बाँकी तीन विकेट क्याचका रुपमा आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।