बाबियाचौर- म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो।
प्लान इन्टरनेशनलको ५५ लाख ६२ हजार १८ रुपैयाँ अर्थिक सहयोग र समुदायको २ लाख पाँच हजार ७ सय ९३ रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको संघका सचिव सुरेन्द्र खत्रीले बताए।
छात्रछात्राका लागि छुट्टाछुट्टै एक–एक वटा आवास कोठा, भान्सा कोठा, शौचालय, अपांगतामैत्री र्याम्पसहितको एक तले भवन निर्माण गरिएको छ। गत भदौदेखि शुरु भएको भवन निर्माण कार्य माघ महिनामा पूरा भएको हो।
बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाको आवासीय सुविधाका लागि निर्माण भएको भवनको ३० जना अट्ने क्षमता छ।
वि.सं. २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना बौद्धिक अपांगता भएका बालबालिका अध्ययनरत रहेका प्रधानाध्यापक भक्त कार्कीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।